छात्रालाई सेनेटरी प्याड वितरण

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
lions peace_Fotor

लायन्स क्लब अफ पोखरा पिस होमले पोखरा–३३ भरतपोखरीको शान्ति उदय माविका कक्षा ६ देखि कक्षा १२ सम्मका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरेको छ।

स्वास्थ्य सचेतना तथा तथा सेनेटरी प्याड वितरण कार्यक्रम अन्तर्गत क्लबले सो अवसरमा महिनावारी प्राकृतिक र नियमित प्रक्रिया हो भन्दै यसबारे सचेतना दिएको थियो।

कार्यक्रममा आरोग्यधाम होमियोपेथिक अस्पतालका वैद्य तुलसी गौतमले विद्यार्थी बहिनीहरुलाई बढ्दो उमेरसँगै शरीरमा आउने परिवर्तन, महिनावारी चक्र, महिनावारी अगाडि देखिने लक्षण, महिनावारीको समयमा कसरी सफा र सुरक्षित रहने र महिनावारी हुँदा गाह्रो भएको अवस्थामा कसरी घरेलु उपचार गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइन्।

लायन्स डिस्ट्रिक्ट ३२५ बि १ नेपालका सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर विशेश्वर आचार्यको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा प्रअ टेकनारायण गिरीले क्लबले गरेको सामाजिक कार्यबाट विद्यार्थीमा सकारात्मक असर पर्ने बताउँदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए।

प्रमुख अतिथि आचार्यले क्लबले गरेका सामाजिक कामको प्रशंसा गर्दै विद्यार्थी बहिनीहरुको स्वस्थ्य र मनोविज्ञानमा समेत राम्रो प्रभाव पार्ने फरकखालको कार्यक्रम आयोजना गरेकोमा क्लब परिवारलाई शुभकामना दिए।

लायन्स क्लब अफ पोखरा पिस होमका अध्यक्ष वविता पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक क्लबका निवर्तमान अध्यक्ष लक्ष्मी थापाले स्वागत मन्तब्य र क्लब सचिव विष्णु चापागार्इंले संचालन गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width