पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले मित्रराष्ट्र चीनको नानिङ सहरमा सन् २०२० को सेप्टेम्बरमा आयोजना हुने ‘१७ औं चाइना एसियन एक्सपो’मा पोखरेली उद्योगी व्यवसायीहरुको सहभागिताको प्रतिबद्धता व्यक्त गरेका छन्।
एक्सपोबारे जानकारी दिन आएको चिनियाँ प्रतिनिधिमण्डलसँग बुधबार भएको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। अघिकारीले पोखरा उद्योग वाणिज्य संघले पनि पुस १८ देखि २८ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा चिनियाँ सहभागिताको लागि समेत अनुरोध गरे।
संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले चीनमा आयोजना हुने एक्सपोमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारको लागि एउटा स्टल उपलब्ध गराउन चिनिया पक्षसँग अनुरोध गरे। उनले एक्सपोमा स्टल उपलब्ध भएमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकासँगको सहकार्यका त्यहाँ भ्रमण वर्षको प्रचारात्मक अभियान चलाउन पोखरा उद्येाग वाणिज्य संघ तयार भएको बताए। छलफलमा संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, महासचिव अर्जुन पोखरेल, कोषाध्यक्ष सुरेन्द्रमान विजुक्छे तथा कार्यकारी निर्देशक टोपबहादुर थापाले पनि आ–आफ्ना धारणा राखेका थिए।
चीनको नानिङको प्रदर्शनी केन्द्रमा हुने एक्सपोमा एसिया तथा अन्य देशका विभिन्न उत्पादनहरुको विशाल प्रदर्शनी हुनेछ। मेसिनरी सामानदेखि कृषि उत्पादनसम्मको प्रदर्शन हुने सो एक्सपोमा ८ हजारभन्दा बढी व्यवसायीहरुले आफ्नो उत्पादन प्रदर्शनी गर्छन् भने २ सय ७४ भन्दा बढी छलफल कार्यक्रमको पनि आयोजना गरिन्छ।
एक्सपोका उपमहानिर्देशक जेङ झोङले प्रदर्शनीमा सहभागी भई नेपाली उत्पादनहरुको बजारीकरण गर्न उद्योगी व्यवसायीहरुसँग आग्रह गरे। उनले सो एक्सपोमा भाग लिन खोज्ने व्यवसायीहरुलाई सघाउन आफू तयार रहेको पनि बताए।
कार्यक्रममा एक्सपोका डिभिजन निर्देशक हुवाङ जि र निर्देशक सिआवो सिआवोको पनि सहभागिता थियो।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१