सागका लागि पोखरा रंगशालामा ग्राण्ड स्टाण्डका निर्माण कार्य तीव्र गतिमा

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
Pokhara Stadium Grand Stand_Fotor

तस्वीर : १३ औं साग प्रचारप्रसार तथा प्रकाशन समिति, पोखरा

१३ संस्करणको दक्षिण यसियाली खेलकुद (साग) अन्तर्गतको महिला फुटबलको स्पोर्ट्स भेन्यू पोखरा रंगशालामा ग्राण्ड स्टाण्डका निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ।

मंसिरको १५ गतेदेखि घरेलु भूमिमा सुरु हुन लागेको सोही प्रतियोगिताका लागि बुधबारबाट धमाधम प्यारापिटसमेत जोड्ने काम गरिएको हो। निर्माणाधिन महिला फुटबल मैदानका लागि आवश्यक स्टिल मोडुलर ग्रान्डस्ट्यान्ड २ दिनअघि पोखरा आइपुगेको थियो। आइतबार ७ कन्टेनर र सोमबार ८ कन्टेनर गरी १५ कन्टेनर प्यारापिटका आवश्यक सामान पोखरा आएको हो।

मैदान बनाउने जिम्मा भारतको ग्रेट स्पोर्टस् इन्फ्रा र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले पाएको छ। जेभीका प्रोजेक्ट म्यानेजर दीपक बरालका अनुसार ५ दिनभित्र सबै प्यारापिट जडान भइसक्नेछन्। प्यारापिट ३८ सय क्षमताको हुनेछ। खेल मैदानका लागि परिवर्तन गर्नुपर्ने दुबो बुधबार साँझसम्म पोखरा आइपुग्ने र तत्काल फेर्न सुरु गर्ने कम्पनीले जनाएको छ।

मैदानभित्र आवश्यक पर्ने सिन्थेटिक एथ्लेटिक ट्रयाकको कामसमेत धमाधम निर्माण भइरहेको छ। ट्रयाक एण्ड फिल्डको निर्माण कार्यपनि ५ दिनभित्र पूरा भइसक्नेछ। रंगशालाको अहिले ९० प्रतिशत पूरा भइसकेको छ। पोखरामा हुने सागका खेलहरुमा ट्रायथलन, आर्चरी, बिच भलिबल, ह्यान्डबल, महिला क्रिक्रेट, महिला फुटबल, ब्याडमिन्टन र भारोत्तोलन छन्। सबै खेलका लागि भौतिक र प्राविधिक निर्माण कार्य तीब्र रुपमा अघि बढिरहेको छ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width