नेपाल, भारत र बंगलादेश एउटै समूहमा

साग महिला पुरुष भलिबल

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७६
Nepali Wonens Volleyball_Fotor

घरेलु भूमिमा हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला तथा पुरुष भलिबलको खेल तालिका सार्वजनिक भएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने महिला तथा पुरुष दुबैतर्फको प्रतियोगिता लिग कम नकआउटका आधारमा संचालन हुनेछन्।

प्रकाशित तालिकाअनुसार महिला तथा पुरुषको दुबैतर्फ नेपाल, भारत र बंगलादेश एउटै कठिन समूह ‘ए’मा परेको छ। समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन्। साग गेम अन्तरगत ६ देशको सहभागिता रहने भलिबलको खेलतालिका अनुसार नेपालको महिला पुरुषको दुबै टिमले पहिलो खेल बंगलादेशसँग खेलेर सागको सुरुवात गनेर्छ।

नेपाल र बंगलादेशबीचको खेल आगामी बुधबार हुनेछ। यस्तै, दुबै टोलीले भारतसँग अर्को साताको शुक्रबार समूह चरणको अन्तिम खेल खेल्ने तालिकामा उल्लेख छ। समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्।

यसअघि, नेपालले साग गेम खेल्ने महिला राष्ट्रिय भलिबल टिमको घोषणा गरिसकेको छ। साग गेम खेल्ने नेपाली राष्ट्रिय महिला भलिबल टिमममा अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी छन्।

त्यसैगरि, राष्ट्रिय महिला भलिबल टिममा पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सोफिया पुन, उषाकुमारी बिष्ट, कमला पुन, सलिना श्रेष्ठ, उषा भण्डारी र हिरा के.सी. अटाएका छन्। प्रशिक्षक जगदिश भट्टले नेपाली राष्ट्रिय महिला भलिबल टिम सम्हालेका छन्।

नेपाली महिला टिमले हालै बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोनको उपाधि जितेको थियो। फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाली महिला भलिबल टोलीले अपराजित ऐतिहासिक जित रचेको थियो।

बंगलादेशको सहिद सुहवार्दी इन्डोर स्टेडियममा भएको फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा जित निकाल्दै ऐतिहासिक उपाधि चुमेको थियो। सेमिफाइनलमा नेपालले बंगलादेशमाथि २५–७, २५–६ र २५–६ को सोझो सेटमा जित निकाल्दै फाइनल खेलेको थियो। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानलाई २५–४, २५–९ र २५–६ ले हराएको थियो। त्यस्तै, दोस्रो खेलमा नेपालले कीर्गिस्तानलाई २५–१५, २५–१९ र २५–२० को सोझो सेटमा पराजित गरेको थियो।

त्यस्तै, नेपालको पुरुष भलिबल टिमले पनि समूह चरणको पहिलो खेलमा आगामी बुधबार बंगलादेशसँग खेल्ने सार्वजनिक गरिएको खेल तालिकामा उल्लेख छ। समूह चरणको अन्तिम खेल नेपालले अर्को साताको शुक्रबार भारतसँग खेल्नेछ। समूह चरणको शीर्ष दुई टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गनेर्छन्। सेमिफाइनलिस्ट विजेता दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गनेर्छन्। सागका लागि नेपालले १४ सदस्यीय राष्ट्रिय पुरुष भलिबल टिमको घोषणा गरिसकेको छ। राष्ट्रिय टिममा पर्न सफल खेलाडीहरुमा ईम राना –कप्तान), राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षत्री, हरीहजुर थापा र टेकराज अवस्थी, हरी अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापामगर, विनोद चन्द, विशाल विक, शरणसम्री क्षत्री, कुलबहादुर थापा, रविन चन्द छन्।

पुरुष भलिबल टिम मंगलबार मात्र भारतीय टिमसँग प्रशिक्षण तथा अभ्यास खेल खेलर स्वदेश फर्किएको हो। घरेलु भूमीमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी गर्न नेपाली टिम भारत गएको थियो।

नेपालले भारतसँगको तीन वटै मैत्रीपूर्ण खेलमा हार व्यहोरेको थियो। नेपाली टोलीले भारतमा मैत्रीपूर्ण खेलसँगै विशेष प्रशिक्षण लिएको थियो। भारत भ्रमणमा रहँदा नेपाली राष्ट्रिय भलिबल टिमले अन्तिम मैत्रीपूर्ण खेलमा भारतसँग पाँचवटै सेटमा पराजित बनेको थियो।

बैंगलोरको साउदर्न साई कभर्डहलमा सोमबार भएको मैत्रीपूर्ण खेलमा नेपालको राष्ट्रिय भलिबल टिमले भारतको राष्ट्रिय टिमसँग २५–१५, २८–२६, २५–१९, २५–१९ र २५–१९ को सेटमा हारेको थियो। मैत्रीपूर्ण खेल भएको कारण पाँचै सेटमा खेल खेलाइएको थियो। नेपालमा आयोजना हुने १३ औं साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुनेछ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width