मन्त्रिपरिषद् पुनर्गठन, ८ मन्त्री बर्खास्त, ९ जना नियुक्त

एजेन्सी
मंसिर ५, २०७६
nekapa_sachibalaye_metting-850-1

काठमाण्डौ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले ६ मन्त्री र २ राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् भने ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका छन् ।

राष्ट्रपति कार्यालयले बुधबार साँझ नै प्रधानमन्त्रीको सिफारिसमा रमन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जानकारी दिएको छ । बिहीबार विहान मन्त्री र राज्यमन्त्रीले सपथग्रहण गर्ने छन् ।

उपेन्द्र यादवको मन्त्रालय फेरियो, नेकपा स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बनेका छन् भने यादवलाई कानून मन्त्रालको जिम्मेवारी दियएको छ ।
यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेलगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् ।

अघिल्लो कार्यकालमा चर्चा कमाएका रघुवीर, महासेठ, गोकर्ण विष्ट र लालबाबु पण्डितको मन्त्रीपद गयो

अघिल्लो कार्यकालमा राम्रो काम गरेको भनिएका लालवावु पण्डित र गोकर्ण विष्टले मन्त्रालयमा कुनै कामै गर्न नसकेपछि उनीहरुलाई मनत्रीपदबाट वखास्त गरिएको छ ।
प्रधानमन्त्री ओलीले भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाएका छन् । पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाइएको छ । चारै जना पूर्व एमालेको कोटाबाट मन्त्री भएका थिए ।यस्तै पूर्व माओवादीको कोटाबाट सरकारमा गएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।

कोको भए नयाँ मन्त्री ?

प्रधानमन्त्री ओलीले बुधबार नै नेकपा सांसदहरू बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी , पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादवलाई मन्त्री नियुक्त गरेका छन् ।
नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र पार्वत गुरुङ महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री बने । रामेश्वर राय श्रम र लेखराज भट्ट उद्योगमन्त्री बनेका छन् ।

राज्यमन्त्रीमा तीन जनाको इन्ट्री, यस्तै मोती दुगड, नवराज राउत र रामवीर मानन्धर राज्यमन्त्री बनेका छन् । उद्योगपति दुगडलाई उद्योग, राउतलाई स्वास्थ्य र रामवीरलाई सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

उपप्रधान तथा रक्षा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।यस्तै वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भूमिव्यवस्था मन्त्री पद्मा अर्याल, सहरी विकासमन्त्री मोइस्तियाक राइ यादव, खानेपानीमन्त्री विना मगर र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको मन्त्री पद पनि कायमै छ ।

Related News

सम्बन्धित समाचार

hero news full width