देश विकासको महा अभियानको सारथी बन्छु- विद्या

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७६
received_455588181761324 – Copy

पोखरा, ४ मंसिर । नेकपा कास्की २ की उम्मेदवार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताएकी छन् ।

चुनावी घरदैलोका क्रममा स्वर्गीय पति रवीन्द्र अधिकारीको जन्मगाउँ पोखरा–३३ भरतपोखरी पुगेकी उनले बुधबार विहान तल्लो पुँडीटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विकास र समृद्धिको यात्राको महाअभियानमा आफू त्यसको सारथी बन्ने बताएकी हुन् ।

नेकपाको नेतृत्वमा अहिले देशको विकास र समृद्धिको महाअभियान शुरु भएको छ, उनले भनिन्, यो महाअभियानलाई सफल बनाउने जिम्मा तपाईं हाम्रै हो, म यो अभियानको सारथी बन्न चाहन्छु ।’ पोखराको विकासमा रवीन्द्रको ठूलो योगदान छ,‘उहाँको नेतृत्वमा अघि बढेका कयौं योजनाहरुको कार्यान्वयन भइरहेका छन्, कयौं अझै बाँकी छन् त केही अलपत्रपनि होलान्, ती सबै योजनाहरु पूरा गर्नका लागि म उम्मेदवार बनेकी हुँ, म ती अधुरा योजनाहरु पूरा गरेरै छाड्छु ।’

कार्यक्रममा बोल्दै नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले उच्च उत्साहका साथ आफूहरु चुनावमा होमिएको भन्दै रवीन्द्रको नेतृत्वमा नेकपाले अघि सारेका योजना तथा अघिल्लो चुनावमा सार्वजनिक गरिएको घोषणापत्र पूरा गर्ने प्रतिबद्धता जनाए । उनले आफूपनि भरतपोखरी क्षेत्रको जनप्रतिनिधि भएको बताउँदै अब विद्यासँग सहकार्य गरेर विकाको मूल फुटाउँदै समृद्धिको यात्रामा अघि बढ्ने बताए ।

पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले रवीन्द्रको योजना अनुसारै वडाले विकासका कामहरु गरिरहेको बताए । युवा नेता रश्मि आचार्य, नेकपा पोखरा ३३ का वडा अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुन लगायतले नेकपाको नेतृत्वमा समृिद्धको यात्रा पूरा गर्न विद्यालाई जिताउनुपर्नेमा जोड दिएका थिए ।स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारी, सहीद तुलराज आचार्य र पशुपति भुँगाईको तस्वीरमा माल्यार्पणगरी भरतपोखरीमा घरदैलो शुरु गरेकी विद्याले बुधबार दिनभर सोही क्षेत्रमा घरदैलो र कोणसभा गर्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width