अधिनायकवादी शक्ति हावी हुँदा मुलुक र लोकतन्त्र खतरामा – तारानाथ

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७६
khemrajj
  • सरकारको नीति र व्यवहारका कारण जनता निराश छन् । व्यापारी हतोत्साही भएका छन् । देशको अर्थतन्त्र चौपट भएको छ । यस्तो अवस्थामा देश कति दिन चल्न सक्छ ।
  • विगतका कमिकमजोरी सच्याएर कांग्रेस अघि बढ्न तयार छ ।
  • लोकतन्त्र र संविधानको संरक्षणका लागि भए पनि कांग्रेसले चुनाव जित्नुको विकल्प छैन । 

पोखरा, ४ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख नारानाथ रानाभाटले अधिनायकवादी शक्ति हावी हुँदा मुलुक र लोकतन्त्र खतरामा परेको बताएका छन् । लोकतन्त्र र संविधानको संरक्षणका लागि भए पनि कांग्रेसले चुनाव जित्नुको विकल्प नभएको उनले स्पष्ट पारे ।

कास्की क्षेत्र नं. २ को पोखरा–८ को घरदैलोका क्रममा नेता रानाभाटले यो सरकार बनेपछि जनता त्रासमै बाँच्न बाध्य भएको भन्दै जनतामा शान्ति ल्याउन पनि यो उपनिर्वाचन कांग्रेसले जित्नै पर्ने तर्क गरे । ‘यो सरकारको नीति र व्यवहारका कारण जनता निराश छन् । व्यापारी हतोत्साही भएका छन् । देशको अर्थतन्त्र चौपट भएको छ । यस्तो अवस्थामा देश कति दिन चल्न सक्छ ?’, प्रश्न गर्ने उनले भने ।

पोखरा–८ का चुनावी कमाण्डर समेत रहेको नेता रानाभाटले नेपालको सीमा मिचिएर जनता सडकमा आउँदा समेत कानमा तेल हालेर बस्ने केपी ओलीलाई पदमा बस्ने नैतिक अधिकार नभएको बताए । उनले कांग्रेसको पक्षमा जनमत बढ्न सक्ने दावी पनि गरे । ‘जनताको घर आँगनमा कांग्रेसीहरू आउदा जनताले राहत महसूस गरेका छन् । कांग्रेस पार्टीप्रति जनताको विश्वास पनि बढेको भन्दै नेता रानाभाटले विगतका कमिकमजोरी सच्याएर कांग्रेस अघि बढ्न तयार छ’, उनले भने । चुनावी कमाण्डर रानाभाटले पोखरा–८ मा घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रम सकिएको र अब चुनावीसभाको तयारीमा रहेको जानकारी दिए ।
वडा इकाइ सभापति सु्वास सिग्देलका अनुसार पार्टीका सबै संगठनलाई चुनावमा खटाइएको छ । नेविसंघ, महिला संघ, तरुण दल, जनजाति संघक लगायतका संगठनका नेता कार्यकर्ता चुनावमा खटिएको र सबै मतदातासंग भेटघाट गरिसकेको बताए ।

तानाशाही प्रवृत्तिको कम्युनिष्ट सरकारसंग मुकाविला गर्न कांग्रेस तयार – शर्मा

यता, नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले तानाशाही प्रवृत्तिको कम्युनिष्ट सरकारसंग मुकाविला गर्न कांग्रेस तयार रहेको बताएका छन् । पोखरा–७ को घरदैलोका क्रममा नेता शर्माले मुलुकलाई भ्रष्टाचारका दलदलमा फँसाउने, जनतामा भ्रम सृजना मात्र गर्ने सरकारलाई जसरी भए पनि परास्त गर्नुपर्नेमा जोड दिए ।

‘यो सरकार सेतो हात्ती हो । देशको भार हो । घरघरमा ग्यास पाइप र रेलको सपना देखाएर जनतालाई दिग्भ्रमित बनाउने काम बाहेक केही गरेको छैन । अझ अलोकतान्त्रिक काम गर्नमै उद्धत छ’, उनले भने । झुटको खेती गर्ने कम्युनिष्टलाई जनताले राम्रोसंग बुझिसकेको भन्दै उनले लोकतन्त्र मास्न, संविधान सिध्याउन र संघीयता तुहाउन सरकार नै लागिपरेको आरोप समेत लगाए । वडा सभापति नवीन बरालका अनुसार मंगलबार मासबार क्षेत्रको घरदैलो गरेसंगै वडाका सबै मतदातासंग भेटघाट भैसकेको छ । सभापति बरालले अब चुनावी सभामार्फत पार्टीको धारणा र प्रतिवद्धता लिएर मतदातालाई बुझाउने काम हुने बताए ।

यसैबीच कास्की–२ का कांग्रेस उम्मेदवार खेमराज पौडेलसहितका नेताहरूले पोखरा–१६ मा घरदैलो र मतदाता भेटघाट गरेका छन् । बुधबार बिहान ७ बजे पोखराको केआइसिं पुलबाट शुरु भएको अभियान लामाचौर हुँदै बाटुलेचौर, जोगीमणि, अर्मला पुग्दैछ । उम्मेदवार पौडल आज बुभबार र भोलि बिहीबार यसै क्षेत्रमा केन्द्रित हुने कास्की कांग्रेसका क्षेत्रीय सभापति माधव बाँस्तोला मधुले जानकारी दिए । उनका अनुसार मंसिर ७ गते बिहान ८ बजेर पोखरा–१६ मैदानमा चुनावीसभा हुँदैछ । सभालाई पार्टीका केन्द्रीय तथा जिल्ला नेताहरूले संवोधन गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width