समाजवादीको प्रचार अभियान तीव्र

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७६
malagiri

पोखरा,३ मंसिर । मंसिर १४ नजिकिदै गर्दा उम्मेदवारहरुलाई भ्याई नभ्याई छ। समाजवादी पार्टीका उम्मेदवार ई.धर्मराज गुरुङले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम तीव्र पारेका छन् ।

उमेरले ७१ भए पनि १७ वर्षे उमेरका झै फुर्ति गुरुङमा छ। थकानको कतै महसुश भएको देखिदैन। भुपू सैनिक भएकाले पनि होला उनको शारिरीक तन्दुरुस्ती उस्तै। दिनमा करिब २५ किमी घरदैलो भ्याउछन्। ४/५ गाँउ वा टोलहरुमा मन्तव्य व्यक्त गर्नु दैनिकी जस्तै देखिन्छ।मंगलवार उनी पोखरा ३३ को कालिकास्थान, पानीट्यांकीचोक, तोरिचौर,पुरानोबसपार्क बेतिनी, खैरेनी, तिक्लाङ, लामगादी, उपल्लो पुडी, तल्लो पुडी, भञ्ज्याङ, चिलाउनेखर्क हुदै मालागिरिमा पगेका थिए ।

वडा नं.३३ को गुरुङ गाउँ मालागिरिमा पुग्दा  उम्मेदवार ई.धर्मराज गुरुङलाई  आमा समुहदेखि गाँउवासीले अबीर, माला, खादाले स्वागत सम्मान। स्वागतमात्रै कहाँ होर साँस्कृतिक कार्यक्रमले थप आत्मीयता तथा हार्दिकता प्रस्तुत भईरहेको थियो। स्वागत सम्मान मात्रै होइन, मतदानका लागि सबै जुटेको समेत आभाष हुन्थ्यो।त्यो हार्दिकता र गाँउबासीको मुस्कुराहटले त्यही प्रस्तुत गरिरहेको थियो।
समानता समावेशीताको एजेन्डा ब्यवहारिक रुपमा लागू गर्र्नका लागि अबको भोट समाजवादीलाई मतदान गर्न आग्रह गरिएको थियो । उम्मेदवार गुरुङले न्याय, समनता, मुलुकको समृद्धिका लागि इमान्दारीपूर्वक जनताको सेवा गर्नका लागि आफु उम्मेदवार बनेको बताए । मालागिरि टोल विकास संस्थाका अध्यक्ष चित्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजवादी पार्टीको केन्द्रीय सदस्य हेमबहादुर थापाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width