ऐतिहासिक थलोलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयको चासो

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७६
maxresdefault

लमजुङ, ४ मंसिर । लमजुङको एक ऐतिहासिक थलो प्रचारप्रसारको अभावमा ओझेलमा परेका कारण त्यसलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयले चासो दिएका छन् । बेसीशहर नगरपालिका– ३ गाउँशहरमा रहेको सो सम्पदाको ऐतिहासिक एवम् पुरातात्विक महत्वको स्थलको प्रवद्र्धन एवम् प्रचारप्रसारका लागि ‘लमजुङ दरबार र लमजुङ कालिका प्रवद्र्धन समिति’ गठन गरी चासो दिएका हुन् ।

गाउँशहरका स्थानीयवासीहरू आफ्नो गाउँमा रहेको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय जुट्ने भएका हुन् । लमजुङ दरबार शाहबंशीय राजाहरूको उद्गमस्थलको रूपमा परिचित छ । उक्त दरवारसँगै रहेको लमजुङ कालिका पनि निकै शक्तिशाली मानिन्छ । प्रचार प्रसारको अभावमा ओझेलमा परेको भन्दै ती दुवै स्थलको प्रवद्र्धन र पर्यटन विकासको निम्ती स्थानीय जुटेका हुन् ।

बेंसीशहर नगरपालिका– ३ का वडा अध्यक्ष सूर्यकुमार श्रेष्ठको अध्यक्षतामा भएको एक भेलाले नेपाल शसस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक रोहित थापाको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लमजुङ कालिका मन्दिरका पुजारी माधवप्रसाद बराल, सचिवमा नेपाल साँस्कृतिक सँघका केन्द्रीय अध्यक्ष एवं बेंसीशहर– २ निवासी तीर्थ थापा, कोषाध्यक्षमा लमजुङ माविका प्रधानाध्यापक सीतादेवी बराल चयन भएका छन् । उक्त समितिको सदस्यहरूमा रेडक्रस जिल्ला शाखाका अध्यक्ष दीपक बराल, अधिवक्ता गुणराज घिमिरे, जनजातिका अगुवा बलबहादुर राना, वडाध्यक्ष सूर्यकुमार श्रेष्ठ चयन भएका छन् । यसैगरी, अन्य सदस्यमा सामाजिक व्यक्तित्वहरू सोमबहादुर दुलाल, शर्मिला थापा, तीलकुमारी गुरुङ, लक्ष्मी केसी र श्रीकान्त घिमिरे रहेका छन् ।

भेलाले गठन गरेको तदर्थ समितिलाई विधान बनाउने, समितिको नामाकरण गर्ने, प्रचलित कानुन अनुसार संस्था दर्ता गर्ने र ऐतिहासिक, पुरातात्विक सम्पदाहरूको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाउने जिम्मा दिएको नवगठित समितिका अध्यक्ष रोहित थापाले बताए । ‘लमजुङ दरवार ऐतिहासिक छ, योसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य हो ।’ स्थानीयबासी समेत रहेका उनले भने, ‘यहाँबाट देखिने सूर्योदयको दृश्य पनि उक्तिकै मनमोहक देखिन्छ ।’ गाउँशहरमै रहेको काउलेपानी होमस्टे समय नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा भई पुरस्कृत भएको छ ।

२०४९ सालमा पुरातत्व विभागले लमजुङ कालिका मन्दिरको पुनःनिर्माण गराए पनि त्यहाँको विकासका लागि थप काम हुन सकेको छैन । शाह राजाहरूको इतिहाससँग जोडिएको ऐतिहासिक लमजुङ दरबार लमजुङ कालिका मन्दिर र यहाँबाट देखिने मरोरम दृश्यले पर्यटकीय क्षेत्रको रूपमा विकास हुने प्रशस्त सम्भावना छ तर उचित व्यवस्थापन र प्रचार प्रसार नहुँदा यसक्षेत्र विकासका हिसावले समेत ओझेलमा परेको हुँदा स्थानीय आँफै सक्रिय हुने भएका हुन् ।

तत्कालीन गाउँशहर गाविसले २०५७ सालमा लमजुङ दरबार क्षेत्र विकास गुरुयोजना बनाउने भनिने कार्यक्रम अघि बढाए पनि त्यो तयार नहुँदै स्थानीय निकाय भंग भएपछि यस क्षेत्रको विकासका लागि खासै पहल भएको पाईदैन । पछिल्लो समय नेपाली सेनाले दरवार संरक्षण र सम्वद्र्धनमा विशेष चासो दिँदै एतिहासिक राजा यशोब्रम्ह शाहको शालिक स्थापना गरेपछि यसको महत्व केही बढ्न गएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width