प्रशासन र प्रहरी प्रमुखमाझ माविका विद्यार्थी

आदर्श समाज सम्वाददाता
मंसिर ४, २०७६
Prasasan & biddhayarthi

लमजुङ, ४ मंसिर । क्व्होलासोंथर गाउँपालिका– ४, भुजुङमा रहेको त्रिभूवन विद्याश्रम माविका विद्यार्थीले जिल्ला सदरमुकाम आएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पुगेर प्रजिअ र प्रनाउसँग भेट गरी उनीहरूको काम, कर्तव्य र अधिकारबारे बुझ्ने काम गरेका छन् ।

उक्त विद्यालयका सञ्चालित विद्यार्थीको हरित क्लबमा आवद्ध विद्यार्थी तथा कक्षा– १० मा अध्ययनरत विद्यार्थीले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयका प्रमुखको कार्यकक्षमा पुगेर त्यहाँबाट सम्पादन हुने कार्यका बारेमा जानकारी लिए । जिल्ला प्रशासन कार्यालयको सभा कक्षमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले प्रशासन कार्यालय, यसको काम, कर्तव्य र अधिकारबारेमा विद्यार्थीलाई जानकारी गराउदै उनका जिज्ञासाको जवाफ दिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रजिअ काजीमान सुनारले बताए ।

उनका अनुसार सो अवसरमा विद्यार्थीले जिल्ला प्रशासन कार्यलयबाट वितरण हुने नागरिकता, राहदानी, मुद्दा तथा प्रशासन फाँट आदिको समेत अवलोकन गरेका थिए । जिल्ला प्रशासन कार्यालयबाट के कस्ता कामहरू हुँदा रहेछ भनेर आफूहरूले जान्ने मौका पाएको सहभागी विद्यार्थीले बताए ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले सो अवसरमा ‘प्रहरीसंग विद्यार्थी’ विषयमा विद्यार्थीलाई प्रशिक्षण नै दिए । प्रहरीले विद्यार्थीमा पछिल्लो समयमा बढ्दो साइबर क्राइमका बारेमा पनि जानकारी गराएको प्रनाउँ रवीन्द्रमान गुरुङले बताए । उनका अनुसार समुन्नत समाजको लागि प्रहरी र विद्यार्थीले संगै मिलेर काम गर्नुपर्ने भन्दै कुनैपनि घटना आफ्ना वरपर घटेमा प्रहरीमा खबर गर्नुपर्ने लगायत विषयसमेत प्रहरीले विद्यार्थीलाई जानकारी दिएको थियो । उनले भने, ‘यसरी सानै उमेरदेखि जीवनमा घटन सक्ने अप्रिय घट्नाका बारेमा विद्यार्थीलाई सुसूचित गर्नु सराहनीय कार्य भएको हो ।’ यस कार्यले समाजमा अपराध नियन्त्रण, सुरक्षा व्यवस्था चुस्त बनाउन मात्र मद्दत नभई विद्यार्थीले असल नागरिक बन्ने अवसर पाउने आफूलाई लागेको प्रनाउ गुरुङले बताए ।

समाजमा सुरक्षा व्यवस्था, लागूऔषध, बाल बिबाह, मानवबेचबिखन, ट्राफिक नियम आदिबारेमा प्रहरीबाट विद्यार्थी प्रशिक्षित भएको त्रिभूवन विद्याश्रम माविका प्रधानाध्यापक खेमराज खतिवडाले बताए । उनका अनुसार उक्त अध्ययन भ्रमणका क्रममा विद्यार्थीलाई मस्र्याङदी गाउँपालिका– ९ को लामागाउँमा रहेको सुन्दरी ताल, भलामचौरमा गरिएको किबी खेती, आमा समूहको पाहुना घर, गोबर ग्याँस प्लान्ट, सुवेदी गाउँमा रहेको मौरी फारमको अवलोकन गराइएको थियो । उनले भने ‘विद्यार्थीलाई टाढा टाढा लगेर भन्दा आफ्नै गाउँठाउँमा भएका कृषि, पशुपालनका कार्य तथा जिल्लामा हुने प्रशासनिक काम, कर्तव्य तथा दुव्र्यसनबारे जान्न आवश्यक ठानेर जिल्ला भित्रै भ्रमण गराइएको हो ।’

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width