उपनिर्वाचनका लागि सुरक्षा रणनीति तयार

रासस
मंसिर ४, २०७६
10e78ffdeb5227787d52d0b85010a7f5

घोराही, ४ मंसिर । जिल्ला सुरक्षा समिति दाङले यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति तयार पारेको छ । समितिले भूगोल, सञ्चार, दूरीका हिसाबले सुरक्षा संवेदनशीलताको समेत वर्गिकरण गरेको छ ।

उपनिर्वाचनका लागि छ मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा पहिचान गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । कूल २६ मतदानस्थललाई संवेदनशील र दुई मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ । सोही संवेदनशीलतालाई आधार बनाई सुरक्षाकर्मी परिचालनसँगै कार्यसम्पादनमा विशेष ध्यान दिइएको प्रमुख जिल्ला अधिकारी रिजालको भनाइ छ ।

दुई स्थानमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३४ मतदानस्थल र त्यसभित्र ८२ मतदान केन्द्र तोकेको छ । मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानलाई खटाइने उनले जानकारी दिए । निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (ख) मा ३२ र घोराही उपमहानगरपालिका वडा नं १६ मा दुई गरी ३४ मतदानस्थल तथा प्रदेशसभामा ७७ र घोराही–१६ मा पाँच गरी ८२ केन्द्र निर्धारण गरिएका छन्। वडा नं १६ मा अध्यक्षका लागि निर्वाचन हुँदैछ ।

यसैबीच जिल्ला सुरक्षा समितिले निर्वाचन हुने क्षेत्रका मतदानस्थलको अनुगमन गर्न शुरु गरेको छ । पहिलो चरणमा तुलसीपुर र दङ्गीशरणका मतदानस्थलको अनुगमन गरिएको छ । मङ्सिर १४ नजिकिँदै गर्दा जिल्ला सुरक्षा संयन्त्रले दाङमा निर्वाचन हुने केन्द्रको स्थलगत अनुगमन तथा अवलोकनलाई तीव्र पारेको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width