प्रदेश प्रमुख शेरचनसँग सैनिक टोलीको भेट

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७६
unnamed (1)

पोखरा, ३ मंसिर । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा तालिमरत प्रशिक्षार्थीले सामेवार भेट गरेका छन् ।

अवलोकन भ्रमणका क्रममा पोखरा पुगेको सो टोलीले तालिममा सीकेका विषय र अनुभव सो अवसरमा अभिव्यक्त गरेको थियो । ४५ दिने सो तालिममा लेवनान, अमेरिका, नाइजेरीया भारत, चीन लगायत दश वटा देशका ६३ जनाको सहभागिता रहेकोमा २७ जना नेपाली सहभागीले प्रदेश प्रमुखसँग भेट गरेका हुन् ।

सो अवसरमा नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजका उपरथी एवं शिक्षाध्यक्ष इश्वर हमाल, सेनानी अनुप थापा, सेनानी रवीन्द्र थापा र सशस्त्र प्रहरीका डीएसपी रवीन्द्र श्रेष्ठले तालिम तथा तालिममा सिकेका सीप, ज्ञान र अनुभव बारे बताएका थिए ।

कलेजका मुख्य शिक्षक महासेनानी द्रव्यराम भण्डारीले स्टाफ कलेजेको स्थापना र कलेजले दिने विभिन्न तालिमका बारेमा बताएका थिए । प्रमुख सेनानी झलेन्द्र भट्टराई धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा गण्डकी प्रदेश प्रमुख शेरचनले देशको सामाजिक सदभाव, राष्ट्रिय एकता र राष्टिय अखण्डता जोगाउन पूर्खाहरुले गरेको योदानलाई स्मरण गर्दै सोही अनुरुप काम गर्न सहभागी प्रशिक्षार्थीलाई आग्रह गरे । उनले सबै शिक्षार्थीलाई सफलताको शुभकामना ब्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width