गोरखाका दुई प्रहरी भवनको उद्घाटन

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७६
76656172_3237301779645104_6982160318281547776_o

पोखरा, ३ मंसिर । गोरखा स्थित ईलाका प्रहरी कार्यालय हर्मी र प्रहरी चौकी रातमाटेको नवनिर्मित प्रहरी भवनको सोमवार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले  उक्त भवनको उद्घाटन गरेका हुन् ।

गोरखाको सिरानचोक गाउँपालिका–३ स्थित निर्माण सम्पन्न भएको इलाका प्रहरी कार्यालय हर्मी र गोरखाकै पालुङटार नगरपालिका–९ रातमाटे स्थित निर्माण सम्पन्न प्रहरी चौकी रातमाटेको कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले शिलालेख अनावरण गरी उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै प्रहरी नायव महानिरीक्षक घिमिरेले नेपाल प्रहरी समुदाय प्रहरी साझेदारीका माध्यमबाट विभिन्न जनचेतनामुलक कार्यक्रमहरु लिई समाजका विकृति विसंगती न्यूनीकरणका लागि जनताको समिपमा पुगेको बताउँदै यसलाई सफलिभूत पार्न सम्पूर्ण सरोकारवाला निकायको साथ र सहयोगको अपेक्षा गरे ।

ईलाका प्रहरी कार्यालय हर्मी गोरखाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरिक्षक घिमिरेले वर्तमान समयमा जनशक्ति बढाउनु भन्दा पनि प्रविधियुक्त जनशक्ति निर्माणमा जोडदिनुपर्ने कुरा बताउदै प्रहरी कार्यालय भवनको आवरणमा जति सभ्य र भव्य देखिएको छ यसको उपभोग गर्ने प्रहरी कर्मचारीले आम जनताको गुनासो नरहने गरी जनलक्षित प्रहरी सेवा प्रवाह गर्न गराउन निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गर्दै भवन निर्माण भए पश्चात आम नागरिकको सुरक्षामा अहोरात्र खटिने नेपाल प्रहरीको सेवा प्रवाह थप प्रभावकारी हुने बताए । धन्यवाद मन्तव्य राख्दै कार्यक्रमका अध्यक्ष गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जिल्लाको शान्ति सु–व्यवस्था कायम राख्न सरोकारवाला सम्पूर्ण निकायहरुसंग हातेमालो गर्दै अगाडि बढ्ने र भौतिक पूर्वाधारहरुको पर्याप्तताले प्रहरी सेवा प्रवाहमा थप चुष्तता प्रदान गर्ने बताए ।

२०७२ सालको विनाशकारी भूकम्पपछिको क्षति ग्रस्त नेपाल प्रहरीका भौतिक संरचनाहरुको पूनस्निर्माण गर्ने क्रममा नेपाल सरकार र राष्ट्रिय पूननिर्माण प्राधिकरण कोषबीच सम्झौता भई उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width