‘नेकपाले भव्य नतिजा हासिल गर्छ’

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७६
cpn_Fotor

नेकपा कास्की अध्यक्ष कृष्ण थापाले देशभर नै नेकपाले भव्य नतिजा विजय हासिल गर्ने भन्दै कास्की २ मा नेकपालाई हराउन नसक्ने दाबी गरेका छन्।

पोखरा १७ दोबिल्लामा सोमबार आयोजित चुनावी सभामा बोल्दै उनले भने, ‘आफ्ना क्षेत्रका जनताको विश्वास गुमाएर पराजित भएका व्यक्तिहरु कास्कीमा आएर नेकपा विरुद्ध बोलेको सुनेको छु। नैतिकता भन्ने चीज पनि हुन्छ नि। ’ तीनै तहका सरकारको काम, जनताको अपेक्षा सम्बोधन र नेता, कार्यकर्ताको लगनशिलताले कास्की २ मा नेकपाको विजय प्राविधिक रुपमा घोषणा गर्नमात्र निर्वाचन पर्खिनुपरेको बताए।

नेकपा कास्की २ उम्मेदवार विद्या भट्टराई अधिकारीले स्थानीय सरकार, प्रदेश र संघसँग समन्वय गरी जनताका सपना पूरा गर्ने प्रतिवद्धता गरिन्। पोखरा १७ को दोबिल्ला, लामतारा, समृद्धिटोल, महतगौडा, रातोपैह्रा, घारीपाटन लगायतका क्षेत्रमा घरदैलो गरी उनले रवीन्द्रले आरम्भ गरी पूरा हुन बाँकी कामको नेतृत्व आफूलाई दिन निर्वाचित गराउन आग्रह गरिन्।

नेकपा पोखरा १७ अध्यक्ष सुवास ढुंगानाले वडाको ८० प्रतिशत मत नेकपालाई आउने दाबी गरे।

निर्वाचन परिचालन कमिटी पोखरा १७ का संयोजकसमेत रहेका ढुंगानाले मंगलबार पनि पोखरा १९ का विरौटा, छोरेपाटन लगायतका क्षेत्रमा उम्मेदवारसहितको घरदैलो हुने जानकारी दिए।

उता, कृष्ति नाच्नेचौरमा सोमबारै भविष्य निर्माण बुथको कार्यालय उद्घाटन गरिएको छ।

कार्यक्रममा नेकपा पोखरा महानगर अध्यक्ष दीपक पौडेलले महानगरका ११ वटै वडामा नेकपालाई अघिल्लो निर्वाचनभन्दा बढी मत प्राप्त हुने दाबी गरे। सभामा प्रचारप्रसार कमिटी सहसंयोजक झपट रानाभाट र श्रीराम सुवेदीले पनि बोलेका थिए।

यसैगरी, निर्वाचन लक्षित गरी नेकपाले पोखराका विभिन्न ११ वटै वडामा घरदैलो गरिरहेको छ।

पोखरा ११ मा भएको घरदैलोमा कमिटी सदस्य चूडामणि जंगली, जिल्ला कमिटी सदस्य रुद्र विश्वकर्मा, पार्टी वडा कमिटी अध्यक्ष हर्कमान विश्वकर्मा, सचिव नारायणप्रसाद आचार्य लगायतले मतदातासमक्ष पार्टीको चुनावी प्रतिवद्धतासहित मत मागेका छन्। यस्तै सो वडामा बुध संयोजकहरुलाई प्रशिक्षणसमेत दिइएको छ।

नेकपा प्रदेश कमिटी सदस्य मीना गुरुङ र प्रदेश कमिटी सदस्य गंगा पोखरेलले युवालाई प्रशिक्षण दिएका हुन्।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width