अन्नपूर्णमा आलुको बीउ वितरण

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७६
aalu annapurna progrem photo_Fotor

अन्नपूर्ण गाउँपालिका कृषि शाखाले गाउँपालिकाका व्यावसायिक किसान तथा संघसंस्थालाई ५० प्रतिशत अनुदानमा आलुको बीउ वितरण गरेको छ।

प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोषकान्त पौडेलले व्यावसायिक कृषि कार्यमा जोड दिए। उनले कृषि जन्य उत्पादनको आयात घटाउँदै निर्यात बढाउनुपर्ने भन्दै कृषि कर्मबाटै नेपाली आत्मनिर्भर बन्ने भनाइ राखे। पौडेलले विषादी प्रयोग हुने कारण आलुको बीउ नखान किसानलाई सुझाव दिए।

त्यस अवसरमा कृषि शाखा प्रमुख शशी सिंहले आलु लगाउने तरिका, लाग्ने रोग, भण्डारण तथा बीउ प्रयोग बारेमा जानकारी दिए।

वडा २ का अध्यक्ष चूडामणि अधिकारीले आगामी वर्ष किसानले हाल बाँडिएको आलुबाटै बीउ उत्पादन गरी बिक्री वितरण गर्नुपर्ने खाँचो औल्याए।

कार्यक्रममा लेखा अधिकृत सरिता गौतम तथा शिक्षा अधिकृत बलराम भुगाईंले पनि कृषिको महत्व बारेमा प्रकाश पारेका थिए।

शाखाले जनकदेव तथा एमएस ४२ जातको झण्डै १० हजार किलोग्राम बीउ वितरण गरेको हो। त्यस्तै दोस्रो चरणमा पनि वितरण गर्ने जनाइएको छ। केन्द्रीय बीउविजन प्रगोगशालाबाट परीक्षण गरिएको उक्त आलु प्रतिकेजी ३० रुपैयाँका दरले किसानलाई बाँडिएको हो। जसको बजार मूल्य प्रतिकेजी ६० पर्ने जनाइएको छ।

उक्त बीउमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने तथा उम्रने शक्ति पनि अधिक रहने प्रशासकिय अधिकृत शोषकान्त पौडेलले बताए। गाउँपालिकाले कार्यक्रमबाट कुल ४ सय ५० किसान लाभान्वित हुने अपेक्षा गरेको छ। अन्नपूर्ण २ का वडाध्यक्ष अधिकारीको अध्यक्षतामा संचालित उक्त कार्यक्रम पशु सेवा शाखाका प्राविधिक सहायक ऋषिराम दाहालले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width