चापाकोटमा होमस्टे सांस्कृतिक महोत्सव हुने

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७६
Chapakot_Fotor

पोखराको चापाकोटमा मंसिर अन्तिम साता चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव हुने भएको छ। चापाकोट पर्यटन प्रवद्र्धन समिति, चापाकोट देउराली सामुदायिक होमस्टे र पोखरा महानगरपालिका वडा २३ को आयोजनामा मंसिर २५ देखि २९ गतेसम्म सो महोत्सव हुन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो।

पर्यटकीय हिसाबले महत्वपूर्ण ठाउँ भए पनि ओझेलमा परेका कारण चापाकोटको प्रचारका लागि सांस्कृतिक महोत्सव आयोजना गर्ने लागेको चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए। उनले महोत्सवमा स्थानीय संस्कृति, राष्ट्रिय कलाकारको लोकदोहोरी प्रस्तुति, हास्यकलाकारको प्रस्तुति रहने बताए। त्यसैगरी महोत्सवमा नौमती बाजा प्रतियोगिता, भजनचुड्का प्रतियोगिता, रत्यौली प्रतियोगिताले दर्शकको मन तान्ने बताए। नौमती बाजा, भजन चुड्का र रत्यौली प्रतियोगितामा पहिलो हुनेले ३०/३० हजार, दोस्रो हुनेले २०/ २० हजार, तेस्रो हुनेले १०/१० हजार र सान्त्वना ५/५ हजार रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए।

चापाकोट देउराली सामुदायिक होमस्टे पोखरादेखि १३ किलोमिटर दुरीमा रहेको छ। पोखरादेखि फेवाताल किनार हुँदै सवारीसाधनद्वारा सजिलै ४५ मिनेटमा पुग्न सकिने महोत्सवका संयोजक घनश्याम पराजुलीले जानकारी दिए। उनले पैदल यात्रा गर्दै करिब २ घण्टा ३० मिनेटमा पुग्न सकिने बताए। पत्रकार सम्मेलनमा पोखरा २३ का अध्यक्ष विष्णुप्रसाद पराजुलीले यस क्षेत्रमा प्राकृतिक, भौगोलिक, जैविक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक रुपले महोत्वपूर्ण रहेको बताउँदै प्रचारमा महोत्वपूर्ण सहयोगी हुने बताए। प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षणमा वडा कार्यालय लागेको बताए।

वरिष्ठ लोकदोहोरी गायक प्रजापती पराजुलीले प्राकृतिक र सांस्कृतिक रुपमा माथि भए पनि चापाकोट, हर्पन, चैनपुर लगायत क्षेत्र प्रचारप्रसारको अभावका कारण पछि परेको बताए। उनले चापाकोटबाट माछापुच्छे«, अन्नपूर्ण, धौलागिरी, नीलगिरि, हिमाल, फेवाताल, सूयोर्दय, पोखरा शहरको सुन्दर दृश्य, झरना देख्न पाइने भएपनि पर्यटक बढाउन सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताए। चापाकोट देउराली सामुदायिक होमस्टेका अध्यक्ष विश्वराज पराजुलीले चापाकोटमा अहिले २५ घरमा होमस्टे सञ्चालनमा आइसेको बताए। उनले २५ घरमा करिब १ सय ५० जनालाई राख्न सकिने बताए। उनले चापाकोटमा करिब ३ सय घरधुरी रहेको भन्दै पर्यटक बढ्दै जादाँ होमस्टेको संख्या पनि थप्दै लैजाने बताए।

महोत्सवबाट १५ लाख रुपैयाँ आम्दानी गर्ने र १४ लाख ३० हजार खर्च हुने अनुमान आयोजकको छ। करिब ७० हजार बचतबाट भ्यू टावर निर्माण, संस्कृति संरक्षण, झरनाहरुको संरक्षण लगायतका कामको थालनी गर्ने चापाकोट पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए। उनले महोत्सवमा स्थानीय उत्पादनका मात्रै स्टल राखिने बताए। चापाकोटमा पाइने लप्सी, तरुल, दमौरा लागयतका स्थानीय फल सबैलाई खुवाउने उनले बताए। लप्सीको अचार, मह लगायत स्थानीय उत्पादन मेलामा बिक्री वितरण गर्ने उनले बताए।

कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवद्र्धन गरेको छ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width