बंगलादेशसँग नेपालले हार्यो

एसीसी इमर्जिङ टिम्स कप

आदर्श समाज सम्वाददाता
मंसिर ३, २०७६
One Day Cricket Nepal Ranking

बंगलादेशमा जारी एसीसी इमर्जिङ टिम्स कपमा नेपाल बंगलादेशसँग ८ विकेटले पराजित पराजित भएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दा बंगलादेशसँग ८ विकेटले हार ब्यहोरेको हो। जसमा नेपालले ४४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १३८ रनमा मात्रै समेटियो।

यता, १३९ रनको लक्ष्य पछ्याएको बंगलादेशले भने २४ ओभर सकिदा २ विकेट गुमाउँदै नेपालले दिएको लक्ष्य पूरा गर्यो। बंगलादेशका लागि नजामुल शान्तोले सर्वाधिक अभिजित ५९ रनको योगदान गरे। त्यस्तै, नइम शेखले ४५ रन जोडे। त्यस्तै, यासिर अलि चौधरी १८ रनमा अभिजित रहे। सौम्य सरकारले ११ रन मात्रै बनाए।

नेपालका लागि करण केसी र सुशन भारीले समान १ विकेट लिए। पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र कुशल भूतेर्लले ३३ रनको साझेदारी गरे। नेपालका लागि कप्तान ज्ञानेन्द्रले सर्वाधिक २२ रनको योगदान गरे। कुशल भूतेर्लले १० रन मात्रै जोडे।

हङकङसँग उत्कृष्ट अर्धशतकीय पारी खेलेका शरद भेषवाकर १ रनमै पेभेलियन फर्किए। त्यस्तै, दीपेन्द्रसिंह ऐरी समेत ६ रन बनाएर आउट बने। मोहम्मद आरिफ शेख २० दशमलव ४ ओभरमा ११ रन बनाएर पभेलियन फर्किए। त्यसलगत्तै आएका सन्दीप जोराले कुनै पनि रन जोडन सकेनन्। उनी २१ दशमलब ३ ओभरमा आउट हुन पुगे। विनोद भण्डारीले ८ रन बनाएर आउट भए।

त्यसबेला, नेपालले ८५ रन बनाएर ८ विकेट गुमाएको अवस्थामा थियो। त्यसपछि सोमपाल कामी र करण केसीले ५० रनको साझेदारी गरे। करण केसीले १८ रन बनाएर आउट बने। सोमपाल कामीले सर्वाधिक ३८ रन जोडे। सुशन भारी १ रनमा नटआउट रहे।

पहिलो खेलमा भारतसँग ७ विकेटले पराजित बनेको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो। सोमबारको जितसँगै बंगलादेश समूह बिजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width