चुनाव प्रचारसँगै गाउँको सरसफाइमा जुट्यो साझा

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
sajha party ummedwar (1)

पोखरा, २ मंसिर । चुनाव प्रचारसँगै साझा पार्टीको उम्मेदवार र कार्यकर्ता गाउँको सरसफाइमा समेत जुटेका छन् । आइतबार मतदाता भेट्न उम्मेदवार रजनी केसी सहितको टोली वडा नम्बर २१ पुग्यो तर त्यहाँ पुगेको टोलीले एउटा फरक सन्देश दियो ।

मतदाताको घरदैलोमा पुगेका साझापार्टीका नेता तथा कार्यकता सरसफाइमा समेत जुटे । कुनै कार्यक्रम गर्नु पहिले सरसफाइ गरिन्छ अनि मात्र कार्यक्रम सुरु हुन्छ । कास्की क्षेत्र नम्बर २ का विभिन्न ११ वडामा विहानदेखि साँझसम्मै पार्टीका नेता कार्यकर्ताको भीड देखिन्छ । मतदानको मिति नजिकिएसँगै साझा पार्टी पनि मतदाता भेटघाटमा व्यस्त छ ।

जनतामा अझै पनि चेतनाको कमी रहेको र सकरात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सरसफाइलाई निरन्तरता दिने गरेको पार्टीका कास्की जिल्ला सदस्य एकराज न्यौपानेले जानकारी दिए ।आइतबार पोखरा २१ को कृष्ति र निर्मरपोखरीमा घरदैलो गर्न पुग्दा पनि साझा पार्टीका नेता तथा कार्यकर्ताले सामुदायिक विद्यालय अगाडि सरसफाइ गरे ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width