पोखरा, २ मंसिर । नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले सोमबार पनि घरदैलो अभियानमार्फत मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–३३ का मतदाता भेटघाट कार्यक्रम आइतबारदेखि नै शुरु भएको हो । आइतबार पुँडीटार क्षेत्रमा घरदैलो र कोणसभा गरेका उम्मेदवार खेमराजले सोमबार बिहानै महाकालीचोकबाट अभियान प्रारम्भ गरेका हुन् ।
स्थानीय ९८ वर्षीया त्रिलोचना आचार्यबाट टीका र आशिर्वाद लिएर उम्मेदवार पौडेलले अभियान शुरु गरेका हुन् । उक्त अवसरमा वृद्धा आचार्यले चुनावमा विजयीको शुभकामना दिइन् । आचार्यले ‘चुनाव जित्नू, जनताको सेवा गर्नु, कसैको मन नदुखाउनू’ भन्दै उम्मेदवार पौडेललाई आशिर्वाद दिएकी थिइन् ।
वृद्धा आचार्यले ‘नेता हुनु त खेमराज गुरु’ जस्तै हुनु भनेर अरुलाई प्रेरणा दिइन् । उक्त अवसरमा कांग्रेसका केन्द्रीय सदस्य जीवन परियार लगायत कास्की कांग्रेसका नेताहरू सहभागी थिए । वृद्धा आचार्यले खेमराजले अहिलेसम्म कसैको आश नगरेको, लामो समय राजनीति गरेर जनताको सेवा गरेको भन्दै यो चुनाव उनैले जित्नुपर्ने बताइन् । बिरामी भएर ओछ्यानमै सुतिरहेकी उनले थपिन्, ‘खेमराज कसैको दुःख देख्न सक्ने व्यक्ति होइनन् । यस्ता मान्छेले अरुबाट के आश गर्ने ?’
उक्त अवसरमा पार्टीका केन्द्रीय सदस्य जीवन परियारले त्यागी र निष्ठावान नेतालाई उम्मेदवारको रुपमा पाउँदा पार्टी पंक्तिमात्र होइन सबै खुशी भएको बताए । ‘म १५ दिनदेखि यतै खटिरहेको छु । यहाँ खेमराज गुरुको बाहेक अरुको नाम लिइएको छैन’, पोखरा–३३ का चुनावी कमाण्डरसमेत रहेका नेता परियारले भने ।
सरकार अलोकतान्त्रिक गतिविधि गर्न मात्र उद्धत रहेकाले जनता निकै निराश भएको उनले बताए । नेता परियारले कांग्रेसले यो चुनाव जितेर यो सरकारको पक्षमा जनता छैनन् भन्ने पुष्टि गर्नुपर्ने बताए । उम्मेदवार पौडेल सोमबार पोखरा–३३ को घरदैलो सकेर पोखरा फर्किने कार्यक्रम छ । भोलि मंगलबार पोखरा–९ मा घरदैलो र पोखरा–१७ मा कोणसभा गर्ने कार्यक्रम छ । कांग्रेसले उम्मेदवारसहितको घरदैलो कार्यक्रम पोखरा–४, ११, १७, २० मा गरिसकेको छ । साथै यी बाहेकका वडामा पनि पार्टीका नेता कार्यकर्ताले मतदाता भेटघाट कार्यक्रम अन्तिम चरणमा पुर्याएको पार्टी सभापति एवं चुनाव प्रचार समितिका संयोजक कृष्ण केसीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
गायक तथा गीतकार एलपी जोशी रहेनन्
आज मौद्रिक नीति सार्वजनिक हुँदै
पोखराको गन्नीलाई रनिङ सिल्ड
hero news full width
मुख्य समाचार
लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१कन्टेनरमा बजारिएर दुई टुक्रा भयो, अनि आगो लाग्यो
श्रावण ९, २०८१सौर्य एयर दुर्घटनामा १८ जनाको मृृत्यु
श्रावण ९, २०८१त्रिभुवन विमानस्थलमा सौर्यको जहाज दुर्घटना
श्रावण ९, २०८१