विभेद अन्त्यका मतदान : भण्डारी

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
RPP photo_Fotor

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले चुनावी प्रचारप्रसार अन्तरगत आइतबार पोखरा वडा नं. ४ का विभिन्न क्षेत्रमा घरदैलो तहमा चुनावी कोणसभा सम्पन्न गरेको छ।

उक्त अवसरमा बोल्दै मंसिर १४ मा हुने उपनिर्वाचनमा मतदाता समेत राष्ट्रियता जोगाउनको लागि भए पनि राप्रपाका उम्मेदवार रोमबहादुर भण्डारीलाई मत दिनुपर्ने बताएका छन्।

घरदैलो पछि बागलुङ बसपार्कमा भएको चुनावी सभामा बोल्दै उम्मेदवार भण्डारीले समानता, हिन्दू राष्ट्रको पुनस्र्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, महिला विरुद्ध हुने हिंसाको अन्त्य, रोजगारी सिर्जनाको लागि दवाव दिन, जातीय विभेद र छुवाछुत अन्त्यका लागि गाई चिन्हमा मतदान गर्न आग्रह गरेका थिए। यसअघि वडा नं. ४ को चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गरिएको थियो।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width