मदरल्याण्डमा प्रदेश स्तरीय हाजिरी जवाफ

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
Photo (1)

पोखरा, २ मंसिर । पच्चीसौँ वार्षिकोत्सव तथा रजत जयन्ती वर्षको अवसर पारेर पोखराको मदरल्यान्ड माविले प्रदेश स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

गण्डकी प्रदेशका पाँच जिल्लाबाट ३५ विद्यालयका १ सय ५ जना विद्यार्थीले सहभागिता जनाएको उक्त कार्यक्रम शनिबार छनोट चरण र आइतबार अन्तिम चरण गरी दुई दिनसम्म सञ्चालन भएको थियो ।

प्रदेश स्तरीय यस कार्यक्रममा सबै प्रतियोगीलाई उछिन्दै पर्वत, कुस्माको कालिगण्डकी माविले प्रथम स्थान हात पारको छ भने द्वितीय, तृतीय र सान्त्वना स्थान क्रमशः कास्कीको शीतलादेवी मावि, गण्डकी आवासीय मावि र तनहूँ शुक्लागण्डकीको पञ्चमुनिदेव माविले हातपार्न सफल भएका छन् । कार्यक्रमका अवसरमा विजयी विद्यालय तथा विद्यार्थीलाई प्रमुख अतिथि, विद्यालयका निर्देशक, प्रचार्य नारायण बराल लगायतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कारले पुरस्कृत गरेका थिए ।

विद्यालयका लेखा शिक्षक गुप्तबहादुर क्षेत्री क्वीज मास्टर रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गंगाबहादुर गुरुङले विद्यालयको शैक्षिक प्रगतिको प्रशंसा गर्दै आजको सूचना र प्रविधिको युगमा विद्यार्थीले विश्वमा उत्पादित जनशक्तिसँग प्रतिस्पर्धा गर्न सक्नुपर्ने कुरा आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयका संस्थापक निर्देशक त्रिभूवन शर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तथा मावि इन्चार्ज टेकनाथ पौडेलले गरेका थिए । साथै विद्यालयले रजत जयन्ती वर्षका अवसरमा आन्तरिक तथा बाह्य रूपमा चित्रकला, सरसफाइ, हस्तलिपि, कविता, निबन्ध आदि जस्ता प्रतियोगिता तथा विविध कार्यक्रमहरू सम्पन्न गरिसकेको कुरा विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंहमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । अमरसिंह मावि, रामघाटमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण गरिएको छ । सो अवसरमा कक्षा १२…
  • गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी बोर्डिङ स्कुल (जिबिएस) का नवनियुक्त प्रिन्सिपल डा. विश्वयुधीर पौडेल घर्तीले सबैजना मिलेर जिबिएसलाई अन्तर्राष्ट्रियस्तरको विद्यालय बनाउने प्रण…
  • जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    गण्डकी । विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्यनजर गर्दै पोखरा १७ महतगौंडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्रान्डले…
  • प्रतिभा माविको विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनै पनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन्…
  • सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड

    आदर्श समाज सम्वाददाता श्रावण ७, २०८१
    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागितामा जोड दिएकी छन्। सञ्चारमाध्यममा महिला सहभागिता कम…

hero news full width