सूर्यमणि स्मृति पुरस्कार जगमानलाई

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
suryamani_Fotor

पुरस्कार घोषणा कार्यक्रममा बोल्दै प्रतिष्ठान संरक्षक कपिलनाथ कोइराला। तस्वीर : विजय नेपाल/आदर्श समाज

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङलाई ५१ हजार राशिको प्राडा सूर्यमणि स्मृति पुरस्कार प्रदान गर्ने भएको छ।

प्राडा सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठान, पोखराले आइतबार पत्रकार सम्मेलन आयोजना गरी पुरस्कृत प्रतिभाको घोषणा गरेको हो।

चार दशकदेखि अनवरतरुपमा नेपाली संस्कार र संस्कृतिको उन्नयनमा साधनारत रहेकोमा संस्कृति तथा इतिहासविद् डा. गुरुङको कार्यको उच्च मूल्यांकन गर्दै गठित प्रतिभा छनोट समितिले उनलाई पुरस्कारको लागि सिफारिस गरेको प्रतिष्ठान संरक्षक कपिलनाथ कोइरालाले जानकारी दिए। प्रतिष्ठान सदस्य प्राडा दिलबहादुर क्षत्रीको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति सदस्यमा कोषाध्यक्ष सहप्राध्यापक डा बाबुराम अधिकारी र सहप्राध्यापक महेश अधिकारी रहेका थिए। २००३ साल माघ २१ मा कास्कीको याङ्जाकोटमा जन्मिएका डा. जगमान गुरुङले सामाजिक सद्भाव, राष्ट्रिय एकता र अखण्डता तथा धार्मिक सहिष्णुता कायम गर्न ठूलो योगदान दिएका छन्।

प्रतिभा छनोट समिति संयोजक प्राडा दिलबहादुर क्षत्रीले प्रमाण र तथ्यमा इतिहास आधारित हुने उल्लेख गर्दै सो दिशामा प्राडा सूर्यमणि अधिकारी रहेको स्मरण गरे। चितवन जिल्लामै पहिलो पटक विद्यावारिधि हासिल गरेका प्राडा अधिकारीको निधन २०६३ सालमा भएको थियो। उनका इतिहास, संस्कृति, भाषा साहित्य लगायत क्षेत्रमा २ दर्जन बढी पुस्तक प्रकाशित रहेको प्रतिष्ठान संरक्षक कपिलनाथ कोइरालाले जानकारी दिए। उनले इतिहास, भाषा संस्कृति लगायत क्षेत्रमा वषेर्नी पुरस्कार प्रदान गरिने गरी स्थापित अक्षयकोषमा १५ लाख रुपैयाँ राखिएको जानकारी दिए। यति ठूलो धनराशि एकै पटक राखेर प्रतिष्ठान जन्मिएको पोखरामा सम्भवतःयो पहिलो हेा। गत वर्ष फागुन १ मा स्थापित प्रतिष्ठानले हालसम्म महायज्ञ, छात्राबास, मानवआश्रम, स्कुल लगायतमा नगद तथा जिन्सी सहयोग गरिसकेको प्रतिष्ठान अध्यक्ष इन्दिरा अधिकारी कोइरालाले बताइन्।

प्रतिष्ठान अध्यक्ष इन्दिरा अधिकारी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य रमेश पौडेल र संचालन कोषाध्यक्ष सहप्राध्यापक बाबुराम अधिकारीले गरेका थिए। प्रतिष्ठान अध्यक्ष इन्दिरा स्व. सूर्यमणिकी सुपुत्री हुन्।

प्राडा सूर्यमणि अधिकारीको ७१ औं जन्मजयन्ती अवसरमा मंसिर ६ गते पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिनेछ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width