जर्मनीको प्रभावशाली जित

एजेन्सी
मंसिर २, २०७६
germany team_Fotor

जर्मनीले युरोकप छनोटमा प्रभावशाली जित निकालेको छ। खेलमा स्पेनिस क्लब रियल म्याड्रिडका एट्याकिङ मिडफिल्डर टोनी क्रुस चम्कँदा जर्मनीको जित सम्भव भएको हो।

शनिबार राति भएको खेलमा घरेलु टोली जर्मनीले बेलारुसमाथि ४–० को प्रभावशाली जित हात पारेको हो।

खेलमा लगातार बेलारुसलाई दवावमा राखे पनि जर्मनीले गोलको लागि ४१औं मिनेट कुर्नुपरेको थियो। डिफेन्डर म्याथियस जिन्टरले सर्जी जिनाब्रीको पासमा गोल गर्दै जर्मनीलाई पहिलो हाफमा १–० को अग्रता दिलाउन सफल भएका थिए। पहिलो हाफमा १ गोल गरेपनि जर्मनीले दोस्रो हाफमा तीन गोल गर्न सफल भयो। ४९औं मिनेटमा लियोन गोरेट्जकाले टोनी क्रुसको पासमा गोल गर्दै अग्रता दोब्बर पारे। त्यसपछिको दुवै गोल टोनी क्रुसको नाममा रह्यो।

५५औं मिनेटमा क्रुसले पहिलो गोल गर्दा जर्मनीले खेलमा ३–० को अग्रता बनायो। ७५औं मिनेटमा बेलारुसले पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन। त्यसपछि ८३औं मिनेटमा क्रुसले गोल गर्दै जर्मनीलाई ४–० को प्रभावशाली जित दिलाए। जितसँगै जर्मनीले समूह ‘सी’ मा ७ खेलबाट १८ अंक जोडेर शीर्षस्थानमा रहेको छ। नेदरल्यान्ड १६ अंकसहित दोस्रो स्थानमा छ। बेलारुस ४ अंकसहित चौथो स्थानमा छ।

सो समूहको अर्को खेलमा उत्तरी आयरल्यान्ड र नेदरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width