चन्द्रागिरि मेयर गोल्ड कपमा फ्रेन्ड्स क्वाटरमा

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
friends club_Fotor

काठमाडौमा जारी तेस्रो चन्द्रागिरी मेयर गोल्ड कप फुटबल प्रतियोगितामा ए डिभिजन क्लब एनआइबिएल फ्रेन्ड्स क्लब क्वाटरफाइनल पुग्न सफल भएको छ। आइतबार पुरानो नैकापमा भएको खेलमा चन्द्रागिरी नगरपालिकालाई ५–० गोलअन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम आठमा पुगेको हो।

उसले अब अर्को ए डिभिजन टोली रुस्लान थ्री स्टार क्लबसँग शुक्रबार प्रतिस्पर्धा गनेर्छ। कुल १० वटा ए डिजिभन क्लबसहित १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले ६ लाख ५० हजार तथा दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गनेर्छन्।

सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्राप्त गनेर्छन्। पहिलो दिन आयोजक टोलीलाई हराउँदै ए डिभिजन टोली ब्रिगेड ब्वाइज क्लब अन्तिम आठमा पुगेको थियो। प्रतियोगितामा सोमबार दुई ए डिभिजन टोली नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबबीच खेल हुने आयोजक दीपशिखा युवा समूहले जनायो।

Related News

सम्बन्धित समाचार

hero news full width