मन्त्रीबन्ने सम्भावना भएका व्यत्तिलाई भोट दिन आग्रह

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७६
DSC_0514

पोखरा,३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य खगराज अधिकारीले प्रतिनिधिसभा उपनिर्वाचन जितेर मन्त्री बन्ने सम्भावना भएको उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् ।

पार्टीको निर्वाचन परिचालन कमिटी वडा नं ११ ले शनिवार आयोजना गरेको चुनाव प्रचार एवं घरदैलो कार्यक्रम अन्तर्गत कोणसभामा उनले भने– नेकपा उम्मेदवार विद्या भट्टराई निर्वाचन जितेर मन्त्री बन्ने सम्भावना भएको व्यक्ति हुँदा उनलाई मत दिन आग्रह गरे ।

‘तीन वर्ष अन्य पार्टीले कसैलाई पनि मन्त्री बनाउन सक्दैनन्, नेकपाले मात्र सक्छ । त्यसैले त्यस्तो उम्मेदवारलाई जिताएर आफ्नो ठाउँको विकास गरौँ।’ नेकपा नेतृत्वको वर्तमान सरकारले केही गरेन भन्दा पनि विगतमा केही भएको थिएन भन्दै उनले छिमेकी मुलुक चीनबाट समुन्द्रसम्म ७ वटा नाका खोल्ने र भूपरिवेष्टित मुलुकबाट भूजडित मुलुकमा लैजाने काम सरकारले गरेको उल्लेख गरे ।

नेता अधिकारीले वर्तमान सरकारले भूमिहीन, दलित तथा सुकुम्वासीलाई लालपूर्जा दिने कानून बनाएका लागि नेकपाको विजयको विकल्प नभएको उल्लेख गरे । प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्या भट्टराईले स्व. रवीन्द्र अधिकारीका बाँकी अभिभारा र प्रतिवद्धतालाई आफूले हुबहु पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

जनताले अघिल्लो निर्वाचनमा पाँच वर्षका लागि अभिमत दिएपनि पुनः चुनावमा आउनुपरेको भन्दै उनले आम पोखरेली जनताको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको स्पष्ट पारिन् । घरदैलो अन्तर्गत नेकपाका नेता कार्यकर्ताहरुले वडाका फूलबारी, मणिपाल, धरहरामार्ग अन्तर्गतका टोलहरुमा चुनावी प्रचारप्रसार गरिरहेका छन् ।

त्यसैगरी पोखरा ४ का बुद्धिजीवीको भेलाले चुनाव प्रचारप्रचार प्रसार गर्न दूर्गादत्त भण्डारीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरेको छ । समितिको सहसंयोजकमा रामचन्द्र पहारी र नारायण अधिकारी, सदस्यहरुमा गीता पौडेल, नवराज बास्तोला, रञ्जन शर्मा पराजुली, निदेश कोइराला, टपोबहादुर थापा, रामजी न्यौपाने, माधवप्रसाद सुवेदी, डा. खेमराज भट्ट नवराज पौडेल, मानबहादुर केसी दीलकूमारी पाौडेल, शान्ति थापा, महेन्द्र आले सत्यराज सुवेदी र शिवकुमारी आधिकारी रहेका छन् । डा. कृष्णराज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन भएको छ । पोखरा ४ का टोलटोलमा प्रचार समिति गठन भएका नेकपा कास्कीका नेता एवं वडा नम्बर ४का इन्चार्ज दामोदर बैरागीले जानकारी दिए ।

यसैबीच, बुद्धिजीवी संघसंस्था पेशागत समन्वय उप समिति भलामको भेलाले रवीन्द्रका अधुरा योजना र सपना पूरा गर्नका लागि विद्यालाई जिताउनुको विकल्प नभएको निश्कर्ष निकालेको छ । विद्याले पेशागत संगठनमा खेलेको भूमिका, पार्टी संगठनमा रहेर खेलेको भूमिकालाई मूल्यांकन गरेरै उम्मेद्वार बनाएकाले सबै मिलेर जिताउनुपर्ने समितिको निश्कर्ष छ । समितिले भलाम सँधै लालकिल्ला भएकाले यसपटकपनि मतान्तर बढाउँदै लालकिल्ला कायम गर्नपनि भलामबासीमा अपील गरेको भूगोलविदसमेत रहेका प्रा.डा.कृष्ण केसीले जानकारी दिए । भेलामा नेकपाका नेताहरु दामोदर बैरागी, विश्वप्रकाश लामिछाने लगायत सहभागी रहेको नेकपा कास्की २ प्रचारप्रसार समितिका सदस्य रामप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

यसैबीच पोखराको वडा नं ८ का अन्तर्गतका सभागृहचोक, न्यूरोड, दमकलमार्ग, नगरपालिका र जाल्पारोडमा नेकपा कार्यकर्ताहरुले आज विद्यालाई जिताउन आग्रह गदैै घरदैलो गरिरहेका छन् । समृद्धिका लागि नेकपाको विकल्प नभएकाले नेकपालाई जिताउन आग्रह गरिएको छ । त्यसैगरी तनहुँबाट पोखरा आइबसोबास गरेकाहरुको पोखरामा भएको बृहत भेलाले भिम गुरुङको संयोजकत्वमा १३ सदस्सीय उपनिर्वाचन सहयोग समिति गठन गरेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width