पोखरा ३० कात्तिक । आगामी पुसको २९ देखि माघ १२ गते सम्म पोखराको अमरसिंह चौरमा दशौ संस्करणको पोखरा महोत्सव हुने भएको छ ।
सामाजिक काममा अगाडि रहेको युनाईटेड क्लबले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी दशौ संस्करणको पोखरा महोत्सवको वारेमा जानकारी दिएको हो । स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद पर्यटन प्रवद्र्धनका लागी पोखरामा नयाँ पर्यटकीय गन्तब्य चिडीयाखाना निर्माणमा पहलकदमीका साथै सेतीनदी संरक्षण र लोडसेडिङको वेला विभिन्न टोलहरुमा सौर्य बत्ति जडान गर्दै सामाजिक कामहरु मार्फत अगाडि वढिरहेको युनाईटेड क्लबले जानकारी दिएका छन् ।
आयोजक युनाईटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले दशौ संस्करणको पोखरा महोत्सव सफल बनाउन आफ्नो संयोजकत्वमा ४० वटा विभिन्न उपसमितिहरु निर्माण गरी महोत्सवको तयारीलाई अगाडि वढाएको बताए । महोत्सवको माध्यामबाटै सामाजिक काम गर्दै आइरहेको युनाईटेड क्लबले गरिव तथा जेहेन्दार विद्यार्थीको शिक्षामा कास्की र आसपासका जिल्लाका १२ वटा सामुदायिक विद्यालयहरुमा छात्रवृत्ति कोष स्थापना गरेको बताइएको छ । आर्थिक अभाव भई स्वास्थ्य लाभ लिन नसकेका ग्रामीण भेगका मानिसलाई लक्षित गरी दर्जनौ स्वास्थ्य शिविर गरी निःशुल्क औषधि वितरण गर्नुका साथै युवालाई खेलकुदमा अगाडि वढाउने उद्देश्यले विभिन्न खेलकुद प्रतियोगिता र सहयोग गर्दै आएको अध्यक्ष गुरुङले बताए ।
क्लबले लिएको मुख्य उद्देश्य पोखरामा नयाँ पर्यटकीय गन्तब्य खुल्ला चिडीयाखानाको अवधारणा अनुसार स्थापना कालदेखीनै महोत्सवबाट आम्दनी हुने रकमको २० प्रतिशत रकम चिडीयाखाना निर्माणमा लगानी गर्दै आएको र हाल सम्म ५५ लाख रकम चिडियाखाना निर्माणका लागी प्रदान गरिसकेको क्लबका अध्यक्ष गुरुङले बताए । गुरुङका अनुसार क्लबको पहलमा पोखरा महानगरपालिकाको वडा नम्बर ३०,३१, र ३२ मा रहेको पचभैया, चापापानी चिसाकुना र चैनपुर सामुदायिक बन क्षेत्रको १३४ हेक्टर जमिनमा चिडीयाखाना निर्माणको काम भइरहेको छ । पोखरा जुलोजिकल पार्कको नामबाट २०७२ साउन १५ गते तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले सिलान्यास भइ सुरु भएको उक्त ठाउमा हाल पशुपंछी उद्दार केन्द्रको लागी भवनहरुको निर्माण, खानेपानी जडान, यातायातको सहजीकरणको लागी बाटो निर्माण कार्य अगाडि बढेको छ ,मृगस्थली , बाघ राख्ने खोर निमार्ण सम्पन्न भईसकेको छ ।
उक्त स्थानमा गण्डकी प्रदेश सरकारको सहयोग र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय वन निर्देशनालयको प्रत्यक्ष निगरानीमा थप चरा ,मृग,बाँदर,हिमालयन थार र भालुको ठूला —ठूला इनक्लोजरहरु, वन्यजन्तुको लागी पानी ट्याक्की ,घाईते वन्यजन्तुको उपचार कक्ष,विरामी वन्यजन्तु बोक्ने स्टेचर विभिन्न इनक्लोजर सम्म पूग्ने गोरेटो बाटो र प्रवेशद्वार निमार्णको लागी कार्य अगाडि बढी सकेको जानकारी सो अवसरमाो थियो । गण्डकी प्रदेश सरकार बाट १ करोड ५० लाख पोखरा जुलोजिकल पार्कको डीपीआर विनियोजन समेत गरिसकेको छ । पोखरा महोत्सवको सातौ संस्करणदेखी महोत्सवको प्रत्येक टिकटबाट एक रुपैया छुट्याइ सेतीनदी सरसफाइ नदीमा फोहोर नफालुन भनी सीसी क्यामेरा समेत जडान गरिसकेको र गत वर्षदेखी विपद् ब्यवस्थापनको लागी अक्षयकोष स्थापना गरिएको क्लबले जनाएको छ ।
पुष २९ देखी माघ १२ सम्म पोखराको अमरसिंह चौरमा सञ्चालन हुने महोत्सवमा २ सय ३० देखी २ सय ५० स्टल रहने छ । महोत्सवमा पर्यटन प्रवद्र्धन र पर्यटकीय स्थानको बारेमा जानकारी दिने स्टललाई निःशुल्क उपलब्ध गराउनुका सार्थ कृषि तथा हस्तकलाका स्टलहरुलाई विशेष छुटको ब्यवस्था गरिएको महोत्सव प्रचार प्रसार संयोजक शान्तबहादुर थापाले जानकारी दिए ।
महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षणमा टेवा पुर्याई शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको बिकास गरी देशलाई समृद्धि तर्फ उन्मुख गरी बिकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याइने गण्डकी प्रदेशको पर्यटकीय स्थानको बारेमा जानकारी दिनुका साथै आन्तरिक तथा बाह्य उत्पादित बस्तुको बजार सहजीकरण गर्ने रहेको छ ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, व्यवसायिक संघ संस्थाहरुको सेवाबारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्किने नृत्य प्रस्तुति रहने छ ।
त्यसैगरी महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु द्धारा दोहोरी गीत प्रस्तुति, राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्याण्डहरुको लाइभ कन्सर्ट, हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुति, चमेना गृहको ब्यवस्था, बाल उद्यान, प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगीता / झाँकी प्रतियोगिताका साथै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु रहने छ ।
Related News
सम्बन्धित समाचार
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१