नेकपाको रामबजारमा चुनाव प्रचार

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७६
1

पोखरा, २९ कात्तिक, पोखरा रामबजारबासीले नेकपाप्रति आफूहरुको आशा नटुटेको बताएका छन् ।

चुनावी घरदैलोका क्रममा पोखरा रामबजार पुगेकी विद्या भट्टराईलाई रामबजारबासी जनताले नेकपाप्रति आफूहरुको आशा कायम रहेको बताउँदै भोट दिने बाचा गरेका हुन् । साथै उनीहरुले स्वर्गीय रवीन्द्र पत्नी विद्या भट्टराई अधिकारीप्रति भरोसासमेत व्यक्त गरे । भोट माग्दै पुगेकी विद्यालाई स्थानीय समाजसेवीसमेत रहेका भूतपूर्व सैनिक लालकाजी गुरुङले भने,‘हाम्रो आशा र भरोसा भनेकै नेकपा हो, सरकारले राम्रो काम गरेको छ, अझ राम्रो गरोस्, हाम्रो आशा अझै नेकपामै छ ।’

रवीन्द्रको झल्को विद्यामा देखेको भन्दै उनले भने,‘रवीन्द्रप्रति हाम्रो सम्मान थियो, रवीन्द्रले नै पोखराको विकास र समृिद्ध गर्छन भन्ने थियो, अब उनी रहेनन्, उनकै झल्को दिनेगरी तपाईं आउनु भएको छ, हाम्रो भरोसा अब विद्याजीमा छ ।’ कांग्रेसले भूपू सैनिकको कुरा सुन्दै नसुनेको भन्दै उनले भने,‘तर रवीन्द्रजीले कुरा सुनेर हाम्रो समस्या बुझ्नुपनि भएको थियो, एकपटक उहाँले संसदमा भूपू सैनिकको कुरा राख्नुपनि भएकै हो, तर कालले छिट्टै लग्यो र त्यो अधुरै रह्यो, अब त्यो हाम्रो समस्या विद्याले गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं ।’

त्यस्तै स्थानीय ९३ वर्षिया बृद्धा पूण्यकुमारी गुरुङले जनताको पार्टी नेकपा भएको बताइन् । हामीलाई बृद्धभत्ता दिने नेकपा नै हो,‘खै कांग्रेसले सबैभन्दा धेरै सरकार चलायो भन्छन्, तर हामीले कहिल्यै केही पाएनौं, तर नेकपाले त हरेक महिना ३ हजार दिन्छ, हाम्रो त पार्टी भनेकै नेकपा नैत हो ।’ सो अवसरमा उम्मेदवार विद्याले बृद्धा गुरुङबाट आर्शिर्वादसमेत लिएकी थिइन् ।

घरदैलोपछि रामबजार मन्दिर परिसरमा आयोजित कोणसभामा बोल्दै नेकपाकी उम्मेदवार विद्याले भूपू सैनिकको समस्या समाधान गर्ने जिम्मा आफू र आफ्नो पार्टी नेकपाले लिने बताइन् । उनले भनिन्,‘हिजो रवीन्द्रजीले तपाईंहरुको समस्या समाधान गर्ने जिम्मा लिनुभयो, अब उहाँले थालेको समस्या समाधानको जिम्मा म र हाम्रो पार्टी नेकपाले लिन्छ ।’ उनले रवीन्द्रको अभाव पोखरेली जनतालाई हुन नदिने बाचा गरिन् ।

उम्मेदवार विद्याले जनतालाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक गाउँपालिकासँग पोखरा जोड्ने लिंक रोड बनाउनका लागि आफूले नेतृत्व लिने बताइन् । उनले जितेर गाउँ नफर्किने पुरानो प्रचलन तोडेर अब आफू बारम्बार जनताको घरदैलोमा आउने प्रतिबद्धता व्यक्त गरिन् ।

कोणसभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य चुडामणि जंगलीले ‘समृद्ध पोखरा, सुखी पोखरेली’ बनाउन नेकपाले अभियान चलाइरहेको बताए । कांग्रेसले सरकारको बारेमा भ्रम सिर्जना गरिरहेको आरोप लगाउँदै उनले विकास र समृद्धिको बाटोमा सरकारले उल्लेखनीय काम गरिरहेको बताए । पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलदेखि मध्यपहाडी लोकमार्ग, सुरुङ मार्ग निर्माण, पेट्रोलियम पदार्थको पाइपलाइन बिस्तारलगायतका कार्यहरु उदाहरण भएको उनको भनाई थियो ।रामबजार भमरकोट पार्टी प्यालेसबाट शुरु भएको नेकपाको चुनावी घरदैलो पेन्सनक्याम्पहुँदै नयाँगाउँलगायतका क्षेत्रमा भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width