क्हपुचे हिमतालको ३९ औं वैठक

आदर्श समाज सम्वाददाता
कार्तिक २९, २०७६
74649834_591923061547389_6863259779393912832_n

पोखरा, २९ कात्तिक । अन्तरिक पर्यटन प्रबद्र्धनमा टेवा पुरयाउने उद्देश्यले कास्कीको मादी गाउँपालिकाले क्हपुचे हिमतालमा कार्यपालिकाको ३९औं बैठक सम्पन्न गरेको छ ।

अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)को नेतृत्वमा गाउँपालिकाका १२ वटा वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत समितिहरु र कर्मचारी सहित ५० जनाको टिमले सिक्लेसबाट पैदल यात्रा गरि क्हपुचेसम्म पुगेर तालमा ऐतिहासिक बैठक सम्पन्न गरि फर्केका हुन् ।

बैठकले विभिन्न ८ वटा महत्वपूर्ण निर्णय समेत गरेको छ । जस अन्तरगत नेपाल पर्यटन वर्ष सन् २०२० लाई सफल बनाउन आगामी २०७७ वैशाख १ गतेदेखि १० गतेसम्म मादी गाउँपालिकाको क्रपुडाँडा, चुम्रो, चिग्रें, तप्रोसम्म स्थानीय पर्यटन व्यवसायीहरुको साझेदारीमा विभिन्न कार्यक्रमहरुको साथ मादी पर्यटन महोत्सव २०७७ आयोजना गरिने भएको छ ।

यस्तै ध्वाँसे चितुवालाई मादी गाउँपालिकाको उत्कृष्ट जनावार र घाँटु नृत्यलाई मादीको स्थानीय मौलिक नृत्य एवम् ठेलो खेललाई मादीको स्थानीय मौलिक खेलको रुपमा घोषणा गरि तिनीहरुको संरक्षण र संवद्र्धनमा विषेश कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले यहि मंसीर ९ गतेदेखि २२ गतेसम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान १२ वटै वडामा उपाध्यक्षसँग महिला तथा बालबालिका कार्यक्रम अन्तरगत विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

यस्तै गाउँपालिकाभित्र रहेका विभिन्न ढुङ्गा खानीहरुका संभावित स्थानहरुको प्रारम्भिक वातावरणीय प्रभाव मुल्याङ आईईई गरि सो सञ्चालन सम्बन्धमा गाउँपालिकाबाट कार्यविधि तर्जुमा गरि उपयुक्त स्थानहरुको ढुङ्गा उत्खनन संकलन तथा प्रशोधन गरि बिक्री निकासी गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

बैठकले गाउँपालिकाभित्र रहेका १५ देखि ६० वर्ष ननाघेका पूर्णरुपले अरुको साहारामा जीवनयापन गर्नुपर्ने अपाङ्ग नागरिकहरुलाई कार्यविधि बनाई आगामी आर्थिक वर्षदेखि लागु हुने गरि गाउँपालिकाको अन्तरिक स्रोतबाट मासिक ५ सयका दरले जीवनयापन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै गाउँपालिकाको वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माण गर्नका लागि डीपीआर तयार गरि जिल्ला समन्वय समिति कास्कीसँगको साझेदारीमा निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

साथै बैठकले क्हपुचे हिमताललाई कास्कीकै एकमात्र हिमताल र रामसार क्षेत्रमा सूचिकृत गर्न सिफारिस गर्ने तथा सिक्लेसदेखि क्हपुचे हिमतालसम्मको बाटो मर्मतको लागि डीपीआर तयार गरि निर्माणको पहल गर्नेनिर्णय गरेको छ । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) को अध्यक्षतामा सम्पन्न भएको बैठक गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो भने गाउँपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले बैठक सञ्चालन गरेका थिए ।

मादी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने क्हपुचे हिमताल समुन्द्री सतहदेखि २ हजार ४ सय ५० मिटरको उचाईमा रहेको छ । सिक्लेसदेखि दुईदिनको पदयात्रा मार्फत हुगुहुँदै क्हपुचेमा पुग्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width