साग ह्याण्डबल टोली भारत र महिला टोली थाईल्याण्डमा

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
handball 3

पोखरा, २८ कात्तिक । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत करिब ३ महिना देखि पोखरामा प्रशिक्षणमा रहेको राष्ट्रिय ह्याण्डबल महिला तथा पुरुषको दुबै टोली वैदेशिक प्रशिक्षणका लागि प्रस्थान गरेको छ ।

वैदेशिक प्रशिक्षण अन्तरगत पुरुषको राष्ट्रिय ह्याण्डबल टोली मित्रराष्ट्र भारतको चण्डीगढ स्थित पटियालामा प्रशिक्षण गर्नेछ भने महिला टोलीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।

दुबै टोलीलाई पोखरा रंगशालामा राष्ट्रिय झण्डा सहित बिदाई गर्दै राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले खेलाडीले खेलेर के पाए भन्ने दिनलाई समाप्त पार्न आफ्नो पहल रहेको बताए । उनले समाजलाई खेलबाट नयाँ सन्देश दिनुपर्ने तर्फ ईंगीत गर्दैै भने–‘समाजका हरेक व्यक्तिले आफ्ना छोरा–छोरलाई खेल तर्फ आर्कषित गर्न आग्रह गरे साथै उनले राज्यले खेलाडीलाई सबै सुविधा उपलव्ध गराउन आवश्यक छ ।

राष्ट्रिय खेलकूद परिषद् सदस्य गुरुङले १३ औं सागमा पदक जित्ने खेलाडीलाई कम्तिमा पनि एक तोला सुनको मेडल दिइ थप हौसला बढाउन आफ्नो तर्फबाट पहल रहने बताए । उनले त्यो मात्रै नभई कम्तिमा पनि खेलाडीले आफ्नो जीवन यापनसंगै बाँच्ने आधार स्थपित गर्न राज्यको ध्यान जानुपर्ने कुरा उल्लेख गर्दै भने–‘खेलाडीले खेलेर जग्गा पाइँदो रहेछ, घर पाइँदो रहेछ’ भन्ने सन्देश समाज र यूवामा पुर्याउनु पर्छ ।’ उनले ह्याण्डबलले १३ औं सागमा पदक जित्नेमा आफू विश्वस्त रहेको बताए ।

संघका अध्यक्ष एवम नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष गुरुङले बैंककमा महिला टोलीले बैंकक स्थित विश्वविद्यालय टोलीहरुसंग १० देखि १२ वटा मैत्रीपूर्ण म्याच सहित अभ्यास म्याचहरु खेल्ने जानकारी दिए । उनले भारतमा जाने पुरुष टोलीले त्यहाँ भारतको विभिन्न स्थानीय टिमहरुसंग मैत्रीपूर्ण खेलहरु खेल्ने जानकारी दिए ।

दुबै टोली मंसिर १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । १३ औं साग अन्तरगत ह्याण्डबल खेल मंसिरको १७ गते बाट पोखरा रंगशाला स्थित कभर्डहलमा हुनेछ जसमा ६ राष्ट्रका महिला पुरुष टोलीको सहभागिता रहनेछ । बिदाइ कार्यक्रममा १३ औं साग स्थानीय सहजीकरण समितिका सचिब लक्ष्मण योगी, कास्की ह्याण्डबल संघका कार्यबाहक अध्यक्ष चित्र थापा, कास्की ह्याण्डबल संघका वैदेशिक विभाग प्रमुख राम गुरुङ लगाएतको उपस्थिति थियो ।

भारत जाने पुरुष खेलाडीहरुमा टिम कप्तान विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दीपक सिं बोहोरा, संदीप कार्की, रण सिं रावत, इन्द्र नारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आशिष अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा रहेका छन ।

यसैगरी महिला टिम तर्फ टिम कप्तान रञ्जना राई, बविता श्रेष्ठ, अर्चना न्यौपाने, संगिता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहोरा, शान्तिकला राई, झीनमाया थापा, आईतालामू शेर्पा, रामकुमारी चौधरी, शारदा विक, कल्पना ओली, उमा राई, निशा राई र देवकुमारी बास्कोटा रहेका छन ।यस संगै दुबै टोलीका टिम म्यानेजर जीवन बस्नेत र शान्ति थापा वैद्य, विदेशी प्रशिक्षक जोआ फ्लोरेन्सियो, वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण, कृष्ण शाक्य, टेकबहादुर परियार र विन्दा थापा रहेका छन ।

Related News

सम्बन्धित समाचार

  • टाइगर कपको अन्तिम तयारी

    आदर्श समाज सम्वाददाता माघ ८, २०८१
    पोखरा । पोखरा रंगशालामा यही १२–१९ माघसम्म टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदैछ । टाइगर ग्रुप अफ पोखरा…
  • एउटै क्लबका २ टिम फाइनल पुगेपछि समझदारीमा विजेता घोषणा

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    लमजुङ । मस्र्याङ्दी गाउँपालिका–६ मा आयोजित वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि सिर्जना युवा क्लब, ठूलीबेंसीले जितेको छ । फाइनलमा पुगेका…
  • माछापुच्छ्रेमा वडास्तरीय भलिबल

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । माछापुच्छ्रे गाउँपालिका वडा ९, सिधिङमा साविक वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिधिङ युनाइटेडले क्लबको…
  • सहारालाई गिनिजको सहयोग

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । सहारा क्लब पोखरालाई सहयोग आउने क्रम जारी छ । क्लबले आयोजना गर्न लागेको २४ औं आहारारा पोखरा गोल्ड…
  • पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । पोखरा वडा कार्यालय १५ आयोजनामा बुधबारदेखि तेस्रो बृहत् खेलकुद महोत्सव सुरु भएको छ । वन विज्ञान अध्ययन संस्थानको…

hero news full width