मत माग्दै घरदैलो

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७६
kaski congress 3

कास्की क्षेत्र २ मा आगामी १४ मंसिरमा हुने उपनिर्वाचनको लागि उम्मेदवारले आफ्नो चुनावी प्रचारप्रसार तीव्र पारेका छन्। उनीहरुले बिहानैदेखि साँझसम्म मतदाताको घरघरमा पुगी आफ्नो पक्षमा मत माग्ने गरेका छन्।

उपनिर्वाचनमा उम्मेदवार मतदाता आकर्षित पार्न घरदैलो अभियान पहिलो प्राथमिकतामा राखेर प्रचार कार्यलाई अघि बढाएको देखिन्छ। कास्की २ मा स्वतन्त्रसहित कुल २१ जना उम्मेदवार रहे पनि विगतको नतिजा हेर्दा मुख्यतः नेकपा र काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ।

घरघरमा पुगेर मतदाताबीच आपूm सांसदमा निर्वाचित भए जनताको सेवामा समर्पित भएर काम गर्ने वाचा उम्मेदवारको छ। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सहित प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, समाजवादी पार्टी, साझा पार्टी, संघीय समाजवादी दलका उम्मेदवार लगायत स्वतन्त्रले चुनाव प्रचारप्रसार समिति नै गठन गरेका छन्।

यसैबीच, नेकपाले आफ्नो उम्मेदवार विद्या भट्टराईलाई मत दिएर विजयी गराउन आग्रह गरेको छ। पोखरा ९ का मतदातामाझ बुधबार नेकपा नेता एवं उम्मेदवारले जनताको आँसु पुछ्ने, दुःखसुखको पार्टी नेकपामात्रै भएको दाबी गरे। नेकपाले उपनिर्वाचन हुने पोखराका ११ वटै वडामा विभिन्न कार्यक्रम गरिरहेको जनाएको छ। बुधबार पोखरा ९ न्यूरोड, नयाँबजार, साँघुकोमुख, शान्तिवन, बसपार्क, शुभकामना टोल लगायत विभिन्न ठाउँमा सभा भए। उम्मेदवार भट्टराईले जनताका अधुरा सपना पूरा गर्न आफू प्रतिबद्ध भएर लाग्ने स्पष्ट पारिन्।

पोखरा १७ मा विभिन्न भेगलाई समेटने गरी नेकपाले ४ वटा निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ। पनिर्वाचन लक्षित गरी नेकपा निर्वाचन परिचालन कमिटी पोखरा १६ अभियानमा जुटेको छ। कमिटीले बाटुलेचौरमा कार्यकर्ता भेलाको आयोजना गर्यो।

यसैबीच, उपनिर्वाचनका लागि नेकपाको आदिवासी जनजाति महासंघ नेपालले जिल्ला निर्वाचन मूल कमान्ड समिति तथा जिल्ला निर्वाचन परिचालन समितिअन्तर्गत आदिवासी जनजाति परिचालन उपसमिति गठन गरेको छ। मंगलबार भएको भेलाले चेतबहादुर गुरुङको संयोजकत्वमा उपसमिति गठन गरिएको हो।

यस्तै, नेपाली काँग्रेसले पहिलो चरणको घरदैलो सकेर बिहीबारदेखि दोस्रो चरणको अभियान संचालन गर्दैछ। पहिलो चरणमा केही वडामा बाहेक अधिकांशमा घरदैलो कार्यक्रम सकिएको चुनाव प्रचार समितिका मूल संयोजक एवं कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए। उनका अनुसार दोस्रो चरणको कार्यक्रम अन्तर्गत बाँकी वडामा घरदैलो सक्ने र पुनः घरदैलो दोहोर्याउने कार्यक्रम छ। ‘पार्टीका सबै संयन्त्रलाई सक्रिय बनाएर मतदाता समक्ष पठाएका छौं। अबको २/३ दिनमा सबै संगठनका संयोजकसंग बैठक बसेर मतादाताको गुनासो र सुझाव बारे छलफल गछौर्ं। त्यसपछि पार्टीको धारणा लिएर पुनः मतदाता समक्ष नै पठाउँछौं’, सभापति केसीले भने। उनले आफ्ना कुरा निर्धक्कसंग राख्न मतदातासंग आग्रह समेत गरेका छन्।

यसैबीच, काँग्रेस उम्मेदवार खेमराज पौडेल पछिल्लो २ दिन पोखरा–१७ का मतदाता भेट्न र मत माग्न व्यस्त रहे। बिहीबारबाट उनी पोखरा–२० लाग्दैछन्। उम्मेदवार पौडेलसँगै पार्टी सभापति केसीसँग पनि भेट्न पाउँदा मतदाता निकै उत्साहित भएको सभापति केसीले बताए।

पोखरा ४ मा पनि घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ। चुनाव प्रचार समितिका उपसंयोजक एवं कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेका अनुसार पोखरा–४ मा घरदैलो अभियान लगभग सकिएको छ

सांसद विन्दादेवी राना र केन्द्रीय सदस्य जीवन परियार पनि तोकिएको वडामा खटिएका छन्। पोखरा २० मा उम्मेदवार खेमराज पौडेल, पार्टीका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, कास्की कमाण्डर कृष्ण केसी, सांसद एवं यो क्षेत्रका संयोजक विन्दुकुमार थापासहितको टोलीले घरदैलो गर्दैछन्।

यसैबीच, राप्रपा उम्मेदवार रोमबहादुर भण्डारीले पोखरा–९ मा घरदैलो गर्दै नेपालमा एकमात्र राष्ट्रवादी पार्टी राप्रपा भएको भन्दै धर्मको संरक्षणका लागि आफूलाई जिताउन आग्रह गरे। हिन्दूराष्ट्र र राजसंस्था राप्रपाको मुटु भएको बताउँदै राष्ट्रियता जोगाउनको लागि नेपालको एकमात्र राष्ट्रवादी पार्टी राप्रपालाई मत दिन सबैलाई आग्रह गरे। बिहीबार पोखरा १५ फलेपाटनचोकबाट घरदैलो हुने प्रचारप्रसार संयोजक सूर्य बास्तोलाले बताए।

यसैगरी, समाजवादी पार्टीका उम्मेदवार इ.धर्मराज गुरुङले पोखरा ७ र ८ मा घरदैलो कार्यक्रम गरिसकेका छन्।

उक्त क्रममा मतदाताहरुले मुलुक बनाउने इमान्दार र स्वच्छ प्रतिनीधिको आवाश्यक रहेको माग गरेका थिए भने उम्मेदवार गुरुङले समाज र देश बनाउनका लागि नै आफू प्रत्यासी भएको बताएका थिए। लामो सम्मुनत समाज निर्माणका लागि हात चिन्हमा मतदान गर्न आग्रह उनले गरे।

कास्की क्षेत्र २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी मैदानमा छन्।

चुनावमा नेकपाबाट विद्या भट्टराई, काँग्रेसका खेमराज पौडेल, राप्रपाका रोमबहादुर भण्डारी, साझा पार्टीकी रजनी केसी,

काँग्रेस (वीपी) बाट चन्द्रबहादुर रानाभाट, नेकपा (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राष्ट्रिय जनमुक्तिबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गंगा मल्ल उम्मेदवार छन्।

यस्तै, १० स्वतन्त्र उम्मेदवारतर्फ सुनील भुषालसहित कमलजंग कुँवर, उमनाथ गौतम, जमुना शर्मा, दीपक रेग्मी, नवराज बास्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल र सुनीलबहादुर कोइराला छन्।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएपछि सो क्षेत्र रिक्त रहन गएको हो।

२०७४ सालको चुनावमा रवीन्द्र अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत पाएकोमा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए। त्यसबेलाको चुनावमा ७० हजार ६ सय ५१ मतदातामध्ये ४९ हजार ९ सय मत खसेको थियो। हाल कास्की क्षेत्र २ मा ७१ हजार ८ सय ७१ मतदाता छन्। मनोनयनमा २५ जनाको उम्मेदवारी परेकोमा एक स्वतन्त्रले फिर्ता लिएका हुन् भने ३ दलका उम्मेदवारको नाम समानुपातिक बन्दसूचीमै रहेकोले हटाइएको थियो।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width