मेरो प्रतिस्पर्धा नेकपासंग हो -उम्मेदवार पौडेल

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७६
khemraj poudel 3

पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार खेमराज पौडेलले आफ्नो प्रतिस्पर्धा विद्या भट्टराईसंग नभइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संग भएको बताएका छन् । बु्धबार बिहानैदेखि पोखरा छोरेपाटनका मतदातासंगको भेटघाटमा सक्रिय पौडेलले यस्तो बताएका हुन् । उम्मेदवार पौडेलले भने, ‘मेरो चुनावी प्रतिस्पर्धा विद्यासंग होइन, नेपाल कम्युनिष्ट पार्टीसंग मात्र हो ।’

उम्मेदवार पौडेलले आफूले ६० वर्षको राजनीतिक यात्रामा अहिलेसम्म कसैमाथि केही अन्याय नगरेको स्पष्ट पारे । ‘अब पनि जनतामाथि कत्ति पनि अन्या हुने काम गर्न मेरो स्वाभिमानले दिंदैन’, उनले भने ।

चुनावी अभियान सशक्त ढंगले अघि बढको भन्दै उम्मेदवार पौडेलले यो चुनावमा सिंगो नेपाली कांग्रेस केन्द्रदेखि जिल्ला हुँदा तल्ला कमिटी एकढिक्का भएको भन्दै खुसी प्रकट गरे । ‘पार्टीका नेता कार्यकर्ताको उत्साहले मलाई नै उर्जा थपेको छ, ममाथि मेरा विद्यार्थी, मेरा समकक्षी लगायत सबैको सहानुभूति र माया छ ।’ आफ्नो उम्मेदवारीले पार्टीमा, जनतामा र अन्य दलहरूमा पनि सकारात्मक सन्देश प्रवाह भएको उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उक्त पार्टीद्वारा सञ्चालित सरकार जुन ढंगले बढ्नुपर्ने हो, जनताको मर्म र भावना अनुसार अघि बढ्न नसकेको उनले बताए । उनले भने, ‘सरकारले जनताको घरघरमा ग्यास पाइप, रेल, पानी जहाज जस्ता हावादारी कुरा गरेर अघि बढ्दा जनतामा निराशा छाएको छ, जनताले कम्युनिष्ट सरकारको रवैया बुझिसकेका छन्, त्यसैले यो पार्टीको विकल्प खोजिरहेका छन्’, उनले भने नेपाली कांग्रेसको पनि यो सरकारले राम्रोसंग काम गरोस्, संविधानको मर्म र जनताको भावना कदर गर्दै अघि बढोस् भन्ने नै छ तर सरकार उल्टो बाटोमा हिंडिरहेको छ ।’

नेकपाप्रति सामाजिक, राजनीतिक र प्रशासनिक लगायत कुनै पनि क्षेत्रमा सन्तुष्ट हुने ठाउँ नभएको उम्मेदवार खेमराजले बताए । उनले राजनीतिक लगाव, इमान्दारिता, आस्था, संस्कार र संस्कृति बुझेर मत दिन आग्रह गरे । उम्मेदवार खेमराजले आफूले पद प्राप्तिका लागि भन्दा पनि जनताको सेवा गर्नकै लागि चसनावमा होमिएको बताए । ‘पार्टीले दिएको जिम्मेवारी र जनताको आशा भरोषालाई कत्ति पनि तलमाथि हुन दिन्न’, उनले भने ।

कांग्रेस वडासभापति देवराज आचार्यले खेमराज पौडेलले चुनाव नजित्ने कुनै कारण नभएको बताए । उनले भने, ‘मातदाता उत्साहित छन्, पार्टीका सबै संयन्त्र सक्रिय छ, सबै मतदाता भेटेर समस्या ब्ुझ्ने र पार्टीको आफ्नो धारणा राखेका छौं ।’ उनले उम्मेदवार खेमराजको व्यक्तिगत इमान्दारिता, पार्टीगत निष्ठा र त्यागका साथै धर्म, संस्कार र संस्कृति संरक्षणमा खेलेको भूमिका नै चुनाव जित्ने आधार भएको बताए । ‘खेमराजको व्यक्तिगत इमान्दारिताले नै चुनाव जित्न काफी छ भने पार्टीप्रति जनताको विश्वासले झनै बलियो बनाएको छ’, उनले भने ।

टिका लगाइदिएर आशिर्वाद दिए खेमराजलाई

पोखरा–१७ मा घरदैलोका क्रममा मतदाताले उम्मेदवार खेमराज पौडेललाई टिका नै लगाइदिएर आशिर्वाद दिएका छन् । ‘यो चुनाव जसरी पनि जित्नू, धर्म, संस्कार र संस्कृति कुल्चनेलाई परास्त गर्नू’, खमेराजलाई टिका लगाइदिएर एक वृद्धाले दिएको आशिर्वाद थियो यो ।

‘तिमी इमान्दार छौं, कसैको चित्त दुखाएका छैनौ । अझै पनि इमान्दार बन्छौ भन्ने हाम्रो विश्वास छ’, सबैले ढाट्ने काम गरे तिमीले त्यस्तो नगर्नू सक्ने काममात्र गर्नु, झुट नबोल्नु’, अर्की एक वृद्धाको आशिर्वाद थियो, ‘तिमीले संस्कृति विद्या पढेका छौ, तिमीलाई पाप गर्न पक्कै डर लाग्छ । त्यसैले तिमीप्रति भरोषा छ ।’
मतदाताको घरघरमा पुगेका उम्मेदवार खेमराजलाई यस्तै सहानुभूतिको ओइरो लागेको छ । उनले पढाएका कति चेलाहरू खुट्टा समात्न, समकक्षीहरू अंकमाल गर्न आइपुग्दा खेमराज निकै उत्साहित देखिन्छन् । नेकपाका नेता एवं पूर्वमन्त्री खगराज अधिकारी, नेता रामजी बराल जीवन पनि उम्मेदवार खेमराजका चेलाहरू हुन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width