लुटतन्त्र मच्चाउनेलाई भोट नदेऊ : थापा

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७६
kamal thapa 2_Fotor

राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापा। तस्वीर : ऋषिराम बराल/आदर्श समाज।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र मच्चाउनेलाई भोट नदिन आग्रह गरेका छन्।

कास्की निर्वाचन क्षेत्र २ मा हुने उपनिर्वाचनअन्तर्गत राप्रपा कास्कीद्वारा मंगलवार पार्दीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘देशमा अर्बौ रुपैयाँको भ्रष्टाचार भएको र त्यस्तो भ्रष्टाचारमा आफूलाई ठूलो दल भन्नेहरुका शीर्षनेताहरु नै संलग्न छन्। ’

‘नेपाल वायु सेवा निगममा साढे ४ अर्ब रुपैयाँको भ्रष्टाचार, सुनकाण्ड, बालुवाटारको सरकारी जग्गा, एनसेलको भ्रष्टाचारमा २ ठूला दल नेकपा र नेपाली काँग्रेसका नेताहरु नै संलग्न देखिन्छन तर उनीहरुलाई कुनै कारबाही हुँदैन, ’ उनले भने, ‘दुई ठूला पार्टीले भागवण्डा आधारमा संवैधानिक अंग, सुरक्षा अंग, प्रशासन र अख्तियारमा आफ्ना वफादार कार्यकर्ता छानीछानी राखेकै कारण जतिसुकै भ्रष्टाचार भए पनि उनीहरु चुपचाप बस्छन्। ’

‘संवैधानिक अंग चोखो छ भनेको त पछिल्लो समय न्यायाधीश आफ्नो पार्टीको कार्यकर्ता नियुक्त गरेर न्यायालयलाई समेत चोखो हुनबाट वञ्चित गरिएको छ, ’ अध्यक्ष थापाले भने, ‘न्यायाधीश समेत पार्टीको भागवण्डामा नियुक्त गर्दा आमसर्वसाधारणले कस्तो न्याय पाउँछन्। ’

‘ठूला दलहरुले आमजनतालाई भेंडाबाख्रा ठानेका छन्, अझै पनि उनीहरुको सोच निर्वाचनमा १०/१२ करोड रुपैयाँ खर्च र गाउँमा रक्सी र भैँसी बाडेर निर्वाचन जितिन्छ भन्ने छ, ’ राप्रपा अध्यक्ष थापाले भने, ‘तपाई काँग्रेस र कम्युनिष्ट पार्टीमा बसिराख्नु हुन्छ भने पार्टीभित्रको चरित्र सुधार्ने प्रयास गर्नुहोस्। ’

नेपालमा ८४ प्रतिशत जनता सनातन धर्म मान्ने छन् तर विदेशी डलर र प्रभावमा परेर ठूला दलका नेताले हिन्दूलाई नै समाप्त पार्न खोज्दै छन्। जनमतसंग्रह गर्ने हो भने पनि ९० प्रतिशत जनता हिन्दू राज्यकै पक्षमा उभिने छन् तर अहिले प्रतिनिधिसभा संसद्मा हिन्दूको पक्षमा बोल्ने एकमात्र राप्रपा नेता त्यो पनि राईको छोरो राजेन्द्र लिङ्देल छ, ’ नेता थापाले भने।

नयाँ नेपाल निर्माण गर्ने नाउँमा नेताले जनतामा जातीय विभाजन, धर्म निरपेक्षता, संवैधानिक राजसंस्था समाप्त पार्ने काम भएको उनले बताए। हिन्दू राष्ट्र कायम गर्नका लागि एक पटक पार्टीभन्दा माथि उठेर राप्रपालाई मतदान गर्न उनले आग्रह गरे। नेकपा हार्दैमा सरकारबाट बाहिरिने हैन। काँग्रेस चुनाव जित्दैमा सरकार निर्माण गर्ने पनि हैन भन्दै उनले त्यसैकारण राप्रपालाई भोट दिएर देशैभरी हिन्दू राष्ट्रको पक्षमा सन्देश दिन आग्रह गरे।

‘सत्तामोह र विगतमा पार्टीले लिएको निर्णयकै कारण राप्रपा अहिले कमजोर भएको स्वीकार गर्दै अध्यक्ष थापाले विगतको घटनाबाट पाठ सिकेका छौं। अब त्यस्तो कमजोरी हुने छैन। जनताको हित र राष्ट्रिय स्वाधीनताका लागि चट्टान जस्तै भएर उभिने छु, ’ उनले प्रतिबद्धता जनाए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तोरणबहादुर गुरुङले संघीयताका नाउँमा देशमा ठूला दलहरुले लुटतन्त्र मच्चाएको आरोप लगाए।

राप्रपा गण्डकी प्रदेश अध्यक्ष हेमजंग गुरुङले विदेशीको लोभलालचमा लागेर धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यौं, त्यसको परिणाम अहिले प्रत्येक टोल र घरमा धर्मप्रचार भइरहेको छ। धर्मको नाउँमा विदेशी डलर खानेलाई पितृले सराप्ने छन्, भने।

राप्रपा कास्की क्षेत्र २ का उम्मेदवार रोमबहादुर भण्डारीले दुइतिहाइको सरकारले देशमा शान्तिसुरक्षा, हत्या हिंसा र बलात्कार रोक्न नसकेको बताए।

उक्त अवसरमा राप्रपाका नेता मदनबहादुर कार्की, जयलाल पुन, विन्दुदेवी पहारी लगायत नेताले आफ्नो भनाइ राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width