महिलालाई आत्मनिर्भर बनाउनुपर्छ : विद्या

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७६
b_Fotor

नेकपाले पोखरा ११ फूलबारीमा निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ। कार्यालयको कास्की निर्वाचन क्षेत्र २ मा नेकपातर्फबाट उम्मेदवार बनेकी विद्या भट्टराईले उद्घाटन गरिन्।

उनले महिलालाई परनिर्भरताबाट अन्त्य गर्नुपर्ने बताइन्। महिलालाई शिक्षा र आर्थिक सशक्तिकरणको माध्यमबाट परनिर्भरता अन्त्य गरी आत्मनिर्भर बनाउनुपर्ने बताइन्।

उनले महिलालाई उद्यमशील बनाउन सके त्यसले समृद्धिमा सघाउनेपनि बताइन्। उनले स्वर्गीय रवीन्द्रका अधुरा सपना र योजना पूरा गर्नका लागि आफू उम्मेदवार बनेको भन्दै आफूलाई विजयी गराएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सार्थक बनाउने अभियानमा ईट्टा थप्न आग्रह गरिन्।

नेकपाका केन्द्रीय सदस्य चुडामणि जंगलीले सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपाली अभियान सफल बनाउनका लागि नेकपाको उम्मेदवारलाई विजयी गराउन आग्रह गरे।

कार्यक्रममा नेकपा वडा सचिव कुमार क्षत्री र देवेन्द्र बास्तोला लगायतले विद्यालाई जिताएर रवीन्द्रका अधुरा सपना र योजना सफल बनाउनुपर्नेमा जोड दिए। सो अवसरमा उम्मेदवार विद्याले ९७ वर्षीया जानुका खत्रीसँग आशीर्वाद लिएकी थिइन्।

मंगलवार नै पोखरा–३३ मा पनि नेकपाले निर्वाचन परिचालन कमिटीको कार्यालय स्थापना गरेको छ। कार्यालयको नेकपाका केन्द्रीय सदस्य भीम कार्कीले उद्घाटन गरे।

उता, उम्मेदवार भट्टराई पोखरा २१ का स्थानीय मतदातासँग भोट माग्न पुगेकी छन्।

कृस्तिमा विद्या पुग्नासाथ ९३ वर्षीय छवि पहारीले माला लगाउँदै शिरमा हात राखेर आशीर्वाद दिए, ‘सबैको मन जिते, हामी तिम्रै साथमा छौ, ’

उम्मेदवार विद्याले जित हासिल गरेपछि जनचाहनालाई शिरोपर गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्।

यस्तै, पोखरा १५ स्थित खरबारी टोलमा घरदैलो तथा कोणसभा गरिएको छ। कोणसभालाई सम्बोधन गर्दै नेकपा कास्की सचिव एवं चुनाव प्रचार कमिटी वडा १५ का इञ्चार्ज बखानसिंह तमुले उम्मेदवार विद्या भट्टराईलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरे।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width