बन्दीका छोराछोरी पढ्ने विद्यालयमा न्यानो कपडा वितरण

रासस
कार्तिक २७, २०७६
Kopila-Valley-School-3-889×592

भद्रपुर, २७ कात्तिक । बन्दी सहायता नेपालकी संस्थापक इन्दिरा रानामगरले झापाको अर्जुनधारा–११ देउनियावस्तीस्थित जुनकिरी सार्वजनिक आधारभूत विद्यालयमा अध्ययनरत ३०० विद्यार्थीलाई स्वीटर, झोला र शैक्षिक सामग्री वितरण गरेका छन् ।

कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा कारागारमा रहेका कैदीबन्दीका १७ सन्तानले समेत अध्ययन गर्दै आएका छन् । सो विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी दैनिक ज्यालादारी गर्ने कृषि मजदुर, रिक्सा चालक तथा भ्यान चलाउने यातायात मजदुर र सुकुम्बासी परिवारका छोराछोरी रहेका छन् ।

वल्र्ड चिल्ड्रेन पुरस्कारबाट सम्मानित समाजसेवी रानामगरले मङ्गलबार बिहान विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीलाई जाडोबाट बच्नका लागि न्यानो स्वीटरलगायतको शैक्षिक सामग्री वितरण गरेका थिए । ती सामान हङकङमा रहेका नोर्वु शेर्पाले सौजन्य गरेको जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width