पोखरा, २८ कात्तिक । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पूँजी निर्माण र परिचालनमा सहकारी क्षेत्रको भूमिका अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सहकारी बैंक पोखरा शाखाले मंगलवार पोखरामा आयोजना गरेको संहकारी संघहरुको प्रवद्र्धनमा राष्ट्रिय सहकारी बैंकको भूमिका विषय एक दिने गण्डकी प्रदेश स्तरीय गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सहकारी क्षेत्रले सदस्यहरुसंग भएको पूँजीलाई परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान गर्न सक्ने भएकाले पूँजी निर्माण र परिचालनका लागि सहकारीहरुसंग समन्वय गरेर अगाडि बढ्न गण्डकी प्रदेश सरकार तयार रहेको बताए ।
राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेलले सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि राष्ट्रिय सहकारी बैंकले खेलेको भूमिका सह्रानीय रहेको बताए ।
लेखा संयोजक धर्मदत्त देवकोटा, सञ्चालक तथा गण्डकी प्रदेश सभा सदस्य प्रभा कोइराला, बैंकका अध्यक्ष के.बी. उप्रेती, महासंघका सञ्चालक तथा नेफ्स्कुनका महासचिव चन्द्र ढकाल लगायतले सहकारी संघहरुको सक्रियताले समग्र सहकारी अभियानलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
Related News
सम्बन्धित समाचार
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
आज मौद्रिक नीति सार्वजनिक हुँदै
गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा
विदेशी मुद्रा सञ्चिति बढ्यो
पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
श्रावण १०, २०८१जहाज सि चेकका लागि पोखरा आउँदै थियो
श्रावण ९, २०८१