मृगौलाका बिरामीलाई सकारात्मक सोच तथा जीवन जिउने कलासम्बन्धी शिक्षामूलक तालिम सञ्चालन गरिएको छ।
चरक मेमोरियल हस्पिटल पोखराको आयोजना सञ्चालित उक्त तालिममा नर्स सहित विभिन्न हस्पिटलम डायलासिस गरेका बिरामी सहभागिता थियो।
मृगौलारोग विशेषज्ञ डा क्लारा पौडेलले मृगौला रोग लाग्नुको कारण र लागिसकेपछि हेरचाहसम्बन्धी जानकारी गराएकी थिइन्। उनले पानी कम र नियमित व्यायाम गर्नुपर्नेमा समेत सुझाव दिइन्। त्यस्तै युवा उत्प्रेरक नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य सुष्मा पौडेलले जीवन जिउने कला सिकाएकी थिइन्। उनले बिरामी छु भन्ने भावनाले झनै बिरामी हुने भन्दै उत्साहित, सकारात्मक र व्यस्त जीवन जीउन अनुरोध गरिन्। योग, ध्यान र साधनाबारे जानकारी गराउँदै उनले सकारात्मक बनाउने उपाय समेत सिकाएकी थिइन्। त्यस्तै, युकेबाट आएकी मृगौला रोग विशेषज्ञ रियाले डायलासिस गरेपछि आफूलाई कमजोर सम्झिन नहुने बताइन्।
कार्यक्रमको सञ्चालन चरक हस्पिटलका नर्स रचना बस्नेत बानियाँले गरेकी थिइन्।
यस्तै, सहभागीले कार्यक्रम राम्रो भएको र आफूमा उत्साह थपिएको प्रतिक्रिया दिए। आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनीहरुको सुझाव थियो।
Related News
सम्बन्धित समाचार
राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन
खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह
पोखरा ११ मा वृक्षरोपण
पोखरा आदर्शमा विद्यार्थी स्वागत
न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१