पोखरा विश्वविद्यालय र एनजिओ फेडेरेशनविच सम्झौता

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
pu

कार्तिक २६, लेखनाथ । पोखरा विश्वविद्यालय मानविकी संकाय र एनजिओ फेडेरेशन नेपाल कास्की बीच विद्यार्थीको प्रयोगात्मक अभ्यास तथा सीप आदानप्रदान लगायतका विषयमा ५ वर्षे सम्झौता मंगलबार सम्पन्न भएको छ ।

पोखरा विश्वविद्यालयको तर्फबाट मानवशास्त्र तथा सामाजिक संकायका डिन प्रा. डा. ईन्द्रप्रसाद तिवारी र एनजिओ फेडेरेशन नेपाल कास्कीका अध्यक्ष पदमराज पहारीले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।

सम्झौता पत्रमा उक्त संकायका विद्यार्थिलाई सामाजिक अनुसन्धान, तालिम, वर्कसप, सेमिनार, गोष्ठीमा सहभागी गराउनका लागि सहकार्य तथा विद्यार्थीलाई एनजिओ फेडेरेशनमा आवद्ध एनजिओमा ईन्टनसीपको समेत व्यवस्था हुने उल्लेख गरिएको छ ।

मानविकी संकायका दुई कार्यक्रम बि डेभ्स तथा बेक्सका नवआगन्तुक विद्यार्थीलाई अभिमूखीकरणको सन्र्दभमा उक्त सम्झौता गरिएको कार्यक्रम संयोजक सुरेन्द्र तिवारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै मानविकी संकायका डिन प्रा. डा. तिवारीले उक्त सम्झौता मार्फत विद्यार्थीलाई पढाईसँगै प्रयोगात्मक सीप, ज्ञान आर्जन गर्नुका साथै अनुभव बटुल्न मद्धत गर्ने बताए ।यस्तै एनजिओ फेडेरेशन नेपाल कास्कीका अध्यक्ष पहारीले विद्यार्थीलाई प्रयोगात्मक ज्ञान सहित भविष्यमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त संकायका सह प्राध्यापक डा. अजय थापाले बि डेभ्स तथा बेक्स कार्यक्रमबारे नवआगन्तुक विद्यार्थीलाई जानकारी गराएका थिए भने हेमन्तराज कँडेलले पुस्तकालयका नियमहरु, पुष्पा पौडेलले परीक्षाको मुल्याङ्कन बारे विद्यार्थीलाई जानकारी गराएकी थिईन ।कार्यक्रम संयोजक सुरेन्द्र तिवारीले स्वागत गरेको उक्त अभिमुखीकरण कार्यक्रमको समापन कार्यक्रम निर्देशक डा. रामप्रसाद अर्यालले गरेका थिए भने कार्यक्रम सञ्चालन उप प्राध्यापक भरतराज ढकालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा आदर्श सेकेन्डरीमा अंग्रेजी हस्तलेखन

    आदर्श समाज सम्वाददाता जेठ ३१, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुल, बगरमा अतिरिक्त कार्यकलापअन्तर्गत अंगे्रजी हस्तलेखन प्रतियोगिता भएको छ । कक्षा नर्सरीदेखि ९ सम्म भएको…
  • पानद्वारा विन्ध्यवासिनी मावि सम्मानित

    आदर्श समाज सम्वाददाता जेठ ३१, २०८१
    पोखरा । प्रिन्सिपल एसोसिएसन अफ नेपालले सातै प्रदेशबाट छनोट विद्यालय तथा प्रधानाध्यापकलाई सम्मानसहित पुरस्कृत गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत…
  • पानद्वारा विन्ध्यवासिनी मावि सम्मानित

    आदर्श समाज सम्वाददाता जेठ ३०, २०८१
    पोखरा । प्रिन्सिपल एसोसिएसन अफ नेपालले सातै प्रदेशबाट छनोट विद्यालय तथा प्रधानाध्यापकलाई सम्मानसहित पुरस्कृत गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत…
  • पोखरा यूनाइटेड एकेडेमीको खेलकुद प्रतियोगिता सम्पन्न

    आदर्श समाज सम्वाददाता जेठ ३०, २०८१
    पोखरा । पोखरा यूनाइटेड एकेडेमी आयोजनामा विभिन्न खेलकुद प्रतियोगिता २०८१ सम्पन्न भएको छ । छात्रतर्फको फुटबलमा स्टेप वाई स्टेपले जित…
  • गणेशमान पालिखेको योगदानको स्मरण

    आदर्श समाज सम्वाददाता जेठ २९, २०८१
    पोखरा । जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले गणेशमान पालिखे विचारमा प्रजातन्त्रवादी र कामले क्रान्तिकारी भएको बताए ।…

hero news full width