भानुभक्त क्याम्पसको ३३ औं वार्षिकोत्सव

प्राविधिक शिक्षामा जोड : सांसद कोइराला

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
bhanubhakta campus 33th 20760725_Fotor

भानुभक्त बहुमुखी क्याम्पस, शुक्लागण्डकीको ३३ औं वार्षिकोत्सव क्याम्पस प्राङ्गणमा सम्पन्न भयो।

प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले समुदायको आवश्यकता अनुसार प्राविधिक शिक्षा अध्यपन गराउनुपर्नेमा जोड दिइन्। उनले प्रदेश सरकाले प्राविधिक शिक्षामा लगानी गर्ने जानकारी समेत गराउँदै अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्ने दक्ष जनशक्ति उत्पादनमा गण्डकी प्रदेशले आफ्नै विश्वविद्यालय स्थापनाको तयारी गरेको बताइन्।

उनले गण्डकी प्रादेशिक विश्वविद्यालय सञ्चालन गर्न भानुभक्त बहुमुखी क्याम्पसलाई उपयुक्त भएको पाइएकोले जग्गा उपलब्ध गराई सहयोग गर्न अनुरोध गरिन्।

कार्यक्रममा नेकपा जिल्ला सदस्य विष्णुभक्त सिग्देलले वर्तमान समयमा प्राविधिक शिक्षाको आवश्यकता भएको बताए। उनले गण्डकी प्रादेशिक विश्वविद्यालय स्थापना हुँदा यस क्षेत्रको सम्मृद्धिमा सहयोग पुग्ने समेत जनाए।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर पौडेल, क्याम्पस सञ्चालक समिति सदस्य खुमबहादुर विक(राजु), विद्यार्थी सुशन पौडेल लगायतले बोलेका थिए।

सो अवसरमा अन्तरविद्यालयस्तरिय नृत्य प्रतियोगिता आयोजना गरिएकोमा ज्ञान बगैँचा बोर्डिङ स्कुल शेराटार प्रथम भएको थियो।

विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति राखेको कार्यक्रममा लोकदोहोरी गायक राजन कार्की, शंकर पन्त र गायिका भूमिका गिरीले गीतसंगीतमार्फत मनोरञ्जन प्रदान गरेका थिए।

भानुभक्त बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष प्राडा चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रामचन्द्र उपाध्याय र सञ्चालन सञ्चालक समिति सदस्य दुर्गाकुमार श्रेष्ठले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन

    आदर्श समाज सम्वाददाता माघ ७, २०८१
    पोखरा । जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता माललाई छोरीलाई नेपालमै राखेकामा पछुतो छ । प्लस टु सकेपछि छोरीका साथीहरु…
  • निर्माण व्यवसायीले बुझाए ज्ञापन

    आदर्श समाज सम्वाददाता माघ ६, २०८१
    पोखरा । नेपाल निर्माण व्यवसायी संघ कास्कीले विभिन्न मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । व्यवसायीहरुका माग सम्बोधन गर्न माग गर्दै…
  • मिस तामाङका प्रतिस्पर्धीले देखाए ट्यालेन्ट

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङअन्तर्गत ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । प्रतियोगीहरुले विभिन्न विधामा…
  • संरक्षण आमा समूहद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता माघ ५, २०८१
    पोखरा । बाटुलेचौरस्थित संरक्षण आमा समूहले समूहको विकास र उन्नयनमा भूमिका खेल्ने आमाहरूलाई सम्मान गरेको छ । समूहको २४ औं…
  • सातौं ब्रेज मेश्रो अवार्ड परियारलाई

    आदर्श समाज सम्वाददाता माघ ३, २०८१
    पोखरा । घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज…

hero news full width