खेलका पूर्वाधार निर्माण गर्छौ

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
khal photo_Fotor

वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले पूर्वाधार निर्माणमा जोड दिने बताएका छन्।

नवोदय युवा क्लब वालिङ ११ प्रितिपले हरिबोधनी एकादशीको अवसर पारेर आयोजना गरेको पुरुष भलिबल प्रतियोगिताको सोमबार उद्घाटन गर्दै नगर प्रमुख खाँणले सो कुरा बताएका हुन्।

उनले खेल क्षेत्रका लागि आवश्यक पर्ने पूर्वाधारहरुको निर्माण तथा सहायक खेलकुदका सामग्रीहरु वितरण गर्ने बताए।

“खेल क्षेत्रको विकासका लागि नगरपालिका प्रतिबद्ध छ” नगर प्रमुख खाँणले भने, “नगरभित्रका क्लबहरुले खेलकुदका गतिविधिलाई निरन्तररुपमा सञ्चालन गर्दै जानुहोस् साथै हिसाव किताबलाई पारदर्शी बनाउनुहोस् नगरपालिकाले सहयोग गर्दै जानेछ।”

खेलकुदसँगै युवा उत्पादन तथा उद्यमशिलतातर्फ पनि जोडिनु आवश्यक रहेको नगर प्रमुख खाँणको भनाइ थियो।

कार्यक्रममा वडा नं. ११ का वडा अध्यक्ष बसन्तकुमार मल्लले वडाबासीका मागहरुलाई क्रमश : सम्बोधन गर्दै जाने बताउँदै विकास निर्माणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रममा नेपाली काँग्रेस नगर सचिव भुपराज बगाले, नेकपा पार्टी प्रतिनिधि यामलाल शर्मा पंगेनी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

समाजसेवी हरिलाल विकको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह क्बलका अध्यक्ष नेत्रबहादुर विकको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन क्लबका सल्लाहकार डण्डपानी पंगेनीले गरेका थिए।

प्रतियोगितामा २० टिमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः ३५ हजार, २५ हजार, १५ हजार र ८ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width