म्याग्दी ,२५ कात्तिक ।म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले शैक्षिक विकास गाउँपालिकाको पहिलो प्राथमिकता भएको बताएका छन् । आइतबार गाउँपालिका –२ भुरुङ्ग तातोपानीमा रहेको सर्वोदय माविद्धारा आयोजित बस संचालनार्थ देउसी भैलोको आयव्यय सार्वजनिक तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष क्याप्टेन गर्बुजा पुनले यस्तो बताएका हुन् ।
देउसी भैलोले नेपालीहरुको मौलिक संस्कृतिको संरक्षण संगै शैक्षिक विकासमा सहयोग पुग्ने बताए । शिक्षाले मात्र समाज परिवर्तन सम्भव भएको बताउँदै अध्यक्ष क्याप्टेन पुनले गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकता दिएर नीति ,योजना निर्माणसंगै बजेट विनियोजन गरेको जानकारी दिए । सामुदायिक विद्यालयमा बस संचालनका लागि गाउँपालिकाले बजेट विनियोजन संगै आवश्यक पहल गर्ने बताए ।
नेपाल सरकारको विद्यालय भर्ना अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । विद्यालय बाहिर रहेका बालिबालिकालाई विद्यालय आउने वातावरण सिर्जना गर्न गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गरेको बताए । नेपाल सरकारबाट पाउने सेवा सुविधा समेत गाउँपालिका भित्र रहेका गरिब विपन्न तथा जेहेन्दार विधार्थीको पढाईमा सहयोग गर्दै आएका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिन्छन् ।
उनले गाउँपालिकाले शैक्षिक क्षेत्रमा गुणस्तर बृद्धि गर्न निजी स्रोतका शिक्षक व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजनको तयारीमा रहेको सुनाए । गाउँपालिकाले शैक्षिक क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरेको सुनाए । गाउँपालिका भित्र रहेका विद्यालयमा दरबन्दी मिलान ,भौतिक पुर्वाधार निर्माण लगायत निजी स्रोतका शिक्षक व्यवस्थापनका लागि सबैसंग छलफल गरी आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने उद्धघोष गरे ।
‘शैक्षिक क्षेत्रको विकासलाई गाउँपालिकाले पहिलो प्राथमिकता दिएको छ,’अध्यक्ष क्याप्टेन पुनले भने । ‘गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयको गुणस्तर बृद्धि ,दरबन्दी मिलान,भौतिक पुर्वाधार निर्माण संगै निजी स्रोतका शिक्षक व्यवस्थापनका लागि आवश्यक नीति ,योजना निर्माण तथा बजेट विनियोजन गरिएको छ ।’
देउसी भैलोबाट संकलित रकमलाई सही सदुपयोग गर्न उनले सबैलाई आग्रह गरे । शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाउन सरकारको मात्र एकल लगानी नभई शिक्षक ,विद्यार्थी तथा समुदायको उत्तिकै महत्वपुर्ण भूमिका रहेको उल्लेख गरे । साथै उनले गाउँपालिका भित्र संचालित विभिन्न विकास निर्माणका योजनाहरुलाई समयमै सम्पन्न गर्ने गरी अगाडि बढाएको बताए ।
विद्यालयले सञ्चालन गरेको स्कुल बस सञ्चालनार्थ आयोजित देउसी भैलोबाट ५ लाख पाँच हजार ७ सय ४० रुपैयाँ संकलन भएको विद्यालयका प्रअ किसनबहादुर पुनले जानकारी दिए । उनका अनुसार देउसी भैलो सञ्चालनमा साढे एक लाख रुपैयाँ बढी खर्च भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष ओमप्रसाद फगामीले देउसी भैलो संचालनबाट संकलन भएको रकम सही सदुपयोग गर्न आग्रह गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि पुनको अध्यक्षता तथा शिक्षक नवीन पुनको संचालन तथा मुरारी पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी सोही कार्यक्रमको अवसरमा किम्ला खर्क सामुदायिक वनउपोभोक्ता समेतिबाट ५५ हजार ५ सय ५५ रुपैयाँ , मितेरी आमा समुह ठुलो बगरबाट २० हजार रुपैयाँ तथा शिक्षक शिक्षीका अन्य समाजसेवीहरुको तर्फबाट गरी १लाख ८० हजार रुपैयाँ संकलन भएको देउसी भैलो संयोजक श्याम रानाले जानकारी दिए ।
क्लब ,आमा समुह तथा विभिन्न संघसंस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै सोही कार्यक्रमको अवसरमा कोरियन टेलिकमाले प्रदान गरको फस स्टेपको ब्याग जनप्रतिनिधि,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगायत सामाजिक व्यत्तित्वहरुलाई वितरण गरिएका विद्यालयका प्रअ पुनले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
अमरसिंहमा छात्रवृत्ति वितरण
गण्डकी बोर्डिङलाई अन्तर्राष्ट्रियस्तरको बनाउने प्रण
जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ
प्रतिभा माविको विद्यार्थी स्वागत
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१