कास्की २ उपनिर्वाचन : अन्तिम नामावलीमा २१ उम्मेदवार

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७६
cdo

प्रतिनिधिसभा सदस्यअन्तर्गत कास्की क्षेत्र २ मा १४ मंसिरमा हुने उपनिर्वाचनमा २१ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ।

आइतबार उम्मेदवार फिर्ता तथा अन्तिम नामावली प्रकाशनअन्तर्गत कास्की २ मा स्वतन्त्र १० सहित २१ जना उम्मेदवारको टुंगो लागेको हो।

गत २१ कात्तिकमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा १४ दल र ११ स्वतन्त्र गरी २५ जनाले मनोनयनपत्र दर्ता गराएका थिए। तीमध्ये स्वतन्त्र उम्मेदवारी दिएका पुरुषोत्तम खनालले आइतबार उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

यस्तै, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट उम्मेदवारी दिएका गजेन्द्र संबो लिम्बु, राष्ट्रिय नागरिक पार्टीका नवराज घले, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाहको उम्मेदवारी खारेज भएको छ। उनीहरुको नाम समानुपातिकको बन्द सूचीमा रहेकोले उम्मेदवार खारेज गरिएको निर्वाचन कार्यालयले जनायो।

उपनिर्वाचनको लागि नेकपाबाट स्व.रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, राप्रपाबाट रोमबहादुर भण्डारी, काँग्रेस (वीपी) बाट चन्द्रबहादुर रानाभाट, नेकपा (माले) बाट टेकनाथ भण्डारी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राष्ट्रिय जनमुक्तिबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङ, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट गंगा मल्लको अन्तिम नामावली सूचीमा रहेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए।

यस्तै, १० स्वतन्त्र उम्मेदवारमा कमलजंग कुँवर, उमनाथ गौतम, जमुना शर्मा, दीपक रेग्मी, नवराज बास्तोला, यज्ञप्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मीकुमारी भुजेल, सुनीलबहादुर कोइराला र सुनील भुषाल छन्।

उम्मेदवार दिनेमा सबैभन्दा ज्येष्ठ काँग्रेसका खेमराज पौडेल (वर्ष ७४) र सबैभन्दा कान्छा स्वतन्त्रका सुनिल भुषाल (वर्ष २६) छन्। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएपछि सो क्षेत्र रिक्त रहन गएको हो

२०७४ सालको चुनावमा रवीन्द्र अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत पाएकोमा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका थिए। तत्कालीन विवेकशील साझा पार्टी तेश्रो भएको थियो।

सो बेला प्रत्यक्षतर्फ १३ उम्मेदवार रहेकोमा समानुपातिकतर्फ २० राजनीतिक दलले चुनावमा भाग लिएका थिए। चुनावी परिणाममा प्रतिनिधिसभातर्फ नेकपाले चुनाव जितेकोमा प्रदेशसभाअन्तर्गत क्षेत्र २ (क) मा नेकपा र (ख) मा नेपाली काँग्रेस विजयी भएको थियो।

७० हजार ६ सय ५१ मतदातामध्ये अघिल्लो चुनावमा ४९ हजार ९ सय मत खसेको थियो। कास्की २ मा पोखराका ११ वटा वडा पर्दछन्। चुनावमा यसपालि कुल ७१ हजार ८ सय ७१ मतदाता छन्। चुनावका लागि उम्मेदवारले चुनावी प्रचारलाई तीव्र पारिसकेका छन्।

बागलुङ विभाजन शर्तमा उम्मेदवारी फिर्ता

बागलुङ। बागलुङ जिल्ला निर्वाचन क्षेत्र २ प्रदेशसभा (ख) अन्तर्गतको उपनिर्वाचनमा बामपन्थी गठबन्धनका राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई समर्थन गर्दै शेरमान घर्तीले आफू उम्मेदवार नभएको घोषणा गरेका छन्।

हेलिकोप्टरमार्फत मुख्य कार्यालय अधिकृतको कार्यालय पुगे पनि आइतबार तोकिएको समयमै नपुग्दा उनले आफ्नो उम्मेदवारी फिर्ता लिन पाएका थिइनन्। पछि पत्रकार सम्मेलन गगरी घर्तीले शाहीलाई समर्थन गर्दै आफू उम्मेदवार नरहेको घोषणा गरेका हुन्।

बागलुङ जिल्लालाई भौगोलिक रूपमा विभाजन गरी पश्चिम क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्ने आश्वासन नेकपाका केन्द्रीय नेताले वचन दिएको बताउँदै उनले आफू उम्मेदवार नरहेको खुलाए। मनोनयन फिर्ता लिने समय १ बजेसम्म भए पनि घर्ती प्रभु एअरको हेलिकोप्टरबाट बागलुङमा आइपुग्दा समय गुज्रिसकेको थियो। बागलुङमा नेकपाको बामपन्थी गठबन्धनको राजमो, नेपाली काँग्रेस, राप्रपा लगायत ८ जनाले पार्टीको तर्फबाट र २ जना स्वतन्त्र गरी १० जनाले उम्मेदवारी दिएका थिए। मंसिर १४ मा हुने उपनिर्वाचनमा १० जनाकै उम्मेदवारी कायमै रहेको छ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width