टी–२० मा नेपालको फराकिलो हार

आदर्श समाज सम्वाददाता
कार्तिक २५, २०७६
MCC England vs Nepal_Fotor

नेपाल भ्रमणमा रहेको इङ्ल्याण्डको मेरिलबोन क्रिकेट क्लब एमसीसीले टि–२० खेलमा समेत फराकिलो जित हात पारेको छ। यू–१९ सहितको सिनियर खेलाडी सम्मीलित नेपाली टिमलाई एमसीसीले ११३ रनले हरायो।

१९० रनको लक्ष्य पछ्याएको नेपाल १३ ओभर एक बलमा ७६ रन बनाएर अलआउट बन्यो। नेपालका लागि कमलसिंह ऐरीले सर्वार्धिक १८ रन बनायो। सन्दिप जोराले १६, कुशल भुर्तेलले १४, भीम सार्कीले १३ रन बनाए। आरिफ शेखले ४, अमित श्रेष्ठले १, रोहितकुमार पौडेलले ६ रन मात्रै बनाए।

नेपाललाई पराजित गर्ने क्रममा एड योङले अलराउण्ड प्रदर्शन गरे। ब्याटिङतर्फ ४२ रन बनाएका योङले बलिङमा समेत ३ विकेट लिए। ओलिभर हानन डाल्बीले २ विकेट लिए। क्रिस राइट र विल रोड्सले समान १ विकेट हात पारे। टस हारेर ब्याटिङको निम्तो पाएको एमसीसीले २० ओभरमा ७ विकेट गुमाउँदै १८९ रन बनायो।

एमसीसीका लागि विल गडलम्यानले ५४ रनको अर्धशतकीय योगदान दिए। त्यस्तै, माइल्स ह्याम्मन्डले २९ रन बनाए।

बलिङतर्फ राशिद खानले तीन विकेट लिए भने कमलसिंह ऐरी, जितेन्द्र मुखिया र सुशन भारीले समान १ विकेट हात पारे।

Related News

सम्बन्धित समाचार

  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…
  • लमजुङमा दोस्रो कोरा साइकल दौड

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    लमजुङ । लमजुङ साइक्लिङ संघ आयोजनामा शनिबार दोस्रो कोरा साइक्लिङ च्यालेन्ज सञ्चालन गरिएको छ । बेसीसहर नगरपालिकाका उपमेयर पदमा गुरुङले एक…
  • ईश्वर बने चेस च्याम्पियन

    आदर्श समाज सम्वाददाता श्रावण ५, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा भएको यु–२० बुद्धिचाल प्रतियोगितामा ईश्वर घिमिरे च्याम्पियन बनेका छन् । १ सय ४…
  • यु–२० चेसमा १०५ खेलाडी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    पोखरा । हिमालयन फ्रेन्ड्स चाइल्ड क्लब आयोजनामा शुक्रबारदेखि यु–२० चेस प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशका पूर्व मन्त्री…
  • सेभेन ए साइड फुटबल जारी

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०८१
    लमजुङ । ११ औं विष्णु एन्ड मञ्जा गुरुङ रनिङ सिल्ड सेभेन ए साइड फुटबल प्रतियोगिताको पहिलो चरणका हालसम्म ८ खेल…

hero news full width