प्रवासी सहयोगले मुहार फेरियो

साधन राम्जाली
कार्तिक २४, २०७६
IMG_0457_Fotor

सहयोगी संस्थाका अध्यक्ष एन्नी क्लेरी पुनलाई कदरपत्रसहित सम्मान गर्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर। साथमा विद्यालय प्रअ ललितबहादुर घर्ती र विव्यस अध्यक्ष जगबहादुर घर्ती। तस्वीर :साधन।

मालिका गाउँपालिका–४, च्यूरीबोटस्थित सिद्धार्थ माविले न्यून दरबन्दी र आर्थिक समस्याको भार झेल्यो। विद्यालय संचालन गर्न स्थानीय गाउँवासीले तिहारमा देउसीभैलो, आमा समूहले पाहुना स्वागत गरेबापत आएको रकम तथा प्रवासमा रहेका च्यूरीबोटबासीले निरन्तर सहयोग जारी राखे।

निजीस्रोतका शिक्षकको तलबको लागि स्थानीयवासीले मासिक करिब ८० हजार रुपैयाँ बढी आर्थिक भार व्यहोर्नुपर्थ्यो। आर्थिक समस्याको भार टार्न स्थानीयले सरकारसँगै विभिन्न संघसंस्थालाई सहयोगको लागि हारगुहार गरे पनि सुनुवाइ भएन।

यसैबीच, च्यूरीबोट घर भई युकेमा कार्यरत क्या. लक्ष्मन पुन र उनकी धर्मपत्नी पूर्णिमाले फ्रान्सस्थित नमस्ते ईन्फान्ट डी हिमालयलाई विद्यालयको नाजुक अवस्थाबारे सुनाएपछि भने गाउँले ठूलो राहत महसुस गरे।

नेपालको ग्रामीण भेगका गरीब, विपन्न तथा अनाथ बालबालिकाको उद्धार, शैक्षिक तथा सामाजिक विकासमा सक्रिय सो संस्थाकी अध्यक्ष एन्नी क्लेरी पुन र कार्यक्रम संयोजक क्या. पुन दम्पत्तिको अनुरोधसँगै विद्यालयलाई मासिक ३५ हजार रुपैयाँ बढी सहयोग गर्ने प्रतिबद्धता भयो। प्रतिबद्धता अनुसार संस्थाले सन् २०१४ देखि विद्यालयलाई निजी शिक्षकको तलबका लागि मासिक ३५ हजार रुपैयाँ बढीका दरले सहयोग आएको विद्यालय प्रअ ललितबहादुर घर्ती मगर बताउँछन्।

‘पर्याप्त दरबन्दी नहुँदा पहिले विद्यालय संचालनमा ठूलो आर्थिक व्यहोर्नेुपरेको थियो, ’ प्रअ घर्ती मगरले भने। ‘विद्यालयमा अध्यापनरत निजीस्रोतका शिक्षकको तलब व्यवस्थापनका लागि स्थानीयवासीले मासिक ८० हजार रुपैयाँ बढी आर्थिक भार व्यहोर्दै आएकोमा हाल संस्थाको सहयोगसँगै विद्यालय र स्थानीयलाई पर्दै आएको आर्थिक भारमा धेरै कमी आएको छ।

कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा करिब २ सय जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा कुल १२ शिक्षकमध्ये ३ जना निजीश्रोतका छन्।

सहयोगी संस्थालाई विद्यालय परिवार तथा स्थानीयले नाचगान, बाजागाजा तथा पुख्यौर्ली ख्याली सोरठी नाच मार्फत स्वागत तथा सम्मान गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगबहादुर घर्ती मगरले बताए।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले राज्यको दायित्व संस्थाले बहन गरेको बताए। न्यून दरबन्दीका कारण ठूलो आर्थिक अभाव झेल्दै आएको विद्यालयमा संस्थाले पुर्याएको योगदान उल्लेख्य रहेको भन्दै सहयोगलाई सही सदुपयोग गर्न आग्रह गरे।

‘यस वर्ष गाउँपालिकाबाट सिद्धार्थ माविसँगै ३९ विद्यालयमा निजीस्रोतका शिक्षक व्यवस्थापनका लागि करिब ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ’ अध्यक्ष रोकामगरले गाउँपालिका केन्द्र दरबाङमा उच्च मावि तहको क्याम्पस स्थापनाको तयारीमा रहेको योजना सुनाए ।

कार्यक्रममा सहयोगी संस्थाका अध्यक्ष एन्नी क्लेरी पुनले नेपालका दुर्गम गाउँका गरीब विपन्न तथा अनाथ बालबालिकाको उद्धार, शैक्षिक तथा सामाजिक विकासका लागि संस्था स्थापना गरेको जानकारी दिइन्। उनले विद्यालयलाई दिँदैआएको सहयोगलाई निरन्तरता दिने समेत उदघोष गरिन्।

‘विशेष गरेर दुर्गम गाउँका गरीब विपन्न र अनाथ बालबालिकाको उद्धार, शैक्षिक तथा सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यले फ्रान्समा सन् २००६ मा संस्था स्थापना गरेका हौं, ’ उनले भनिन्।

संस्थाले हाल शैक्षिक, अनाथलय लघुजलविद्युत् लगायत ९ वटा संस्थालाई सहयोग गर्दै आएको कार्यक्रम संयोजक रोशन पुनले जानकारी दिए। संस्थाले सिद्धार्थ मावि, चिमखोला सहित ९ वटा शैक्षिक, अनाथालय, लघुजलविद्युत् संस्थालाई आर्थिक सहयोग गर्दै आएको उनले बताए।

यसअघि भूकम्प प्रभावित अन्नपूर्ण गाउँपालिका–५, शिखमा विद्यालय भवन निर्माण लगायत दुर्गम गाउँका बिरामीलक्षित गरी आँखा शिविर संचालन गरिएको थियो।

संस्थाका इजावेल, भेरोटिक, जेरा, मारिऐलेन, मनकुमारी पुन लगायतले सहयोगलाई सही ठाउँमा सदुपयोग गर्न आग्रह गरे।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width