बाराही ग्रुपको तेस्रो होटल सराङ्कोटमा

आदर्श समाज सम्वाददाता
कार्तिक २४, २०७६
Sarangkot mountatin Lodge_Fotor

अन्नपूर्ण हिमश्रृंखला, फेवा ताल र सिंगो पोखरा उपत्यका चियाउन मिल्ने गरी पोखरा वडा १८ मा सराङ्कोट माउण्टेन लजले सेवा आरम्भ गरेको छ।

अतिथि सत्कारको क्षेत्रमा अग्रणी वाराही हस्पिटालिटी ग्रुपको तेश्रो होटलको रुपमा यो होटल सफ्ट ओपनिङ गरी गएको दसैंदेखि संचालनमा ल्याइएको हो। कुल ३५ करोड रुपैयाँको लागतमा होटल निर्माण गरिएको बाराही हस्पिटालिटी ग्रुपका कार्यकारी निर्देशक विप्लव पौडेलले जानकारी दिए। युवा होटल व्यवसायी नारायण पहारीको पनि सो होटलमा लगानी छ। पहारी नेप्लिज इन्काउण्टरका प्रमुख हुन्। होटलमा कुल ३० डिलक्स कोठाहरु रहेका छन्। दुई सुइट रुमहरु भने निर्माणको क्रममा रहेका छन्।

बाराही ग्रुपले यसअघि पोखरा लेकसाइडमा होटल वाराही, चितवनको मेघौलीमा वाराही जंगल लज संचालनमा ल्याइसकेको छ भने काठमाडौंमा वाराही प्लाजा नाम दिएर नयाँ होटल निर्माण भइरहेको वाराही होटल पोखराका जनरल म्यानेजर राजकुमार केसीले जानकारी दिए।

समुन्द्र सतहबाट १ हजार ६ सय मिटर उचाईमा रहेको सराङ्कोट डाँडाको कुल आठ रोपनी क्षेत्रफलमा बनेको होटल वरपर हरियाली जंगल रहेको छ। होटलको माथिल्लो तलामा स्वीमिङ पुल स्थापना गरिएको छ। होटलमा एक रात बिताउन एक जोडीले अहिले १० हजार रुपैयाँ तिर्नुपर्छ। एक जनाका लागि भने ८ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। होटलको ग्राण्ड ओपनिङ पछि भने जोडीका लागि शुल्क १२ हजार रुपैयाँ नाघ्ने जनाइएको छ।

वाराही ग्रुपका सिष्टम एण्ड डेभलपमेण्ट म्यानेजर प्रदीप न्यौपानेका अनुसार होटलमा ८० जना क्षमताको कन्फरेन्स हल, सोभन्दा बढी क्षमताको रेष्टुरेण्ट, मसाज सुविधा लगायतका सेवा पनि संचालनमा रहेका छन्। छिट्टै ग्राण्ड ओपनिङ गरिने होटलको रुम र रुमको बाल्कोनीबाट हिमाली दृष्य अवलोकन गर्न सकिन्छ। ४५ प्रतिशत स्थानीय कच्चा पदार्थ प्रयोग गरी निर्माण गरिएको होटलमा हाल ३२ जना कर्मचारीले रोजगारी पाएका छन्। होटलमा बोरिङ गरी पानी निकालिएको छ। १४ घण्टामा ४० हजार लिटर पानी निकाल्न सक्ने वोरिङको ३० प्रतिशत पानी स्थानीय जनतालाई उपलब्ध गराइएको छ।

लजले तोरीपानी र नौडाँडा क्षेत्रमा छोटो दुरीको हाइकिङ सेवा, साइक्लीङ र चरा अवलोकन जस्ता सुविधा पनि उपलब्ध गराउने बताएको छ। चितुवा, मृग, वन बिरालोजस्ता जंगली जनावर पनि सराङ्कोटमा अवलोकन गर्न सकिन्छ। लालीगुराँस फूल पनि सिजनमा यहाँ पाइन्छ। ऐतिहासिक कास्कीकोट दरबार र कश्यप ताल पनि यहाँका आकर्षण हुन्। पोखराको लेकसाइडबाट साढे १३ किलोमिटर सडक दुरीमा यो लज रहेको छ। जिपफ्लायर, बञ्जी जम्पिङ, प्याराग्लाइडिङ जस्ता सेवा पनि सराङ्कोट क्षेत्रमा उपलब्ध छन्। होटलबाट ४५ मिनेटमा पैदलयात्रा गरी पुरानो हाइकिङ रुटबाट लेकसाइड झर्न सकिन्छ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width