भारतले निकालेको नक्सामा आपत्ति छः दाहाल

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७६
prachanda-new-1

फाइल फाेटाे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले भारतले निकालेको नयाँ नक्साबारे आपत्ति जनाएका छन्। भौगोलिक अखण्डता र सार्वभौमिकतामा नेकपा लचिलो नहुने भन्दै नक्सामा पुनःविचार गर्न उनले आग्रह गरेका छन्। ‘पार्टी र सरकारले पनि आधिकारिक धारणा सार्वजनिक गरेको छ। जुनखालको नक्सा सार्वजनिक भएको छ, त्यो नेपाललाई मान्य छैन। सरकारले पनि कुटनीतिक तवरबाट कुरा राख्छ। र हाम्र्रो यसमा गम्भीर आपत्ति छ। यो विषय सच्याइनुपर्छ, ’ उनले भने, ‘लिपुलेकको कुरा भारत र चीनको सहमति भएको कुरा आउँदा संयोगवश म भारत भ्रमणमा थिएँ। उतिबेलै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो गलत भएको छ, पुनःविचार गरिनुपर्छ भनेको थिएँ। अहिले त झन् कालापानी सप्पै नै नक्साभित्र पारिसकेपछि यो नेपाललाई सह्य हुन सक्दैन। सिंगो राष्ट्र एक ढिक्का छ। नेपालको भौगोलिक अखण्डताबारेमा, नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको बारेमा कहिँ कतै हामी कम्परमाईज गर्ने वा लचिलो हुने भन्ने छैन। ’

चुनावप्रसार प्रसार समिति कास्की २ को आयोजनामा बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले प्रदेश प्रमुख हेरफेरको कुरा चुनावी आचारसंहिताभित्र नपर्ने बताए। ‘आचारसंहितासँग सम्बन्धित कुरा नै होइन। निर्वाचनसँग सम्बन्धित कुरो नै होइन। प्रदेश प्रमुख भनेको सरकारको प्रतिनिधिको रुपमा प्रदेशमा काम गर्ने कुरा हो, ’ उनले भने, ‘नैतिक र राजनीतिक दुवै दृष्टिले प्रदेश प्रमुखले राजीनामा दिएर नयाँ सरकारलाई आफू अनुकूलको प्रमुख चुन्ने बाटो खुला गरिदिनुपर्थ्यो। हामीकहाँ त्यो राजनीतिक संस्कार प्रदर्शन हुन सकेन। सरकारले दुईतिहाइ साथ आइसकेपछि प्रदेश प्रमुख राखिराख्नुपर्ने थिएन। हामी उदार भएका कारण २ वर्षसम्म राख्यौं। ’

कास्की २ को उपनिर्वाचनको तयारीस्वरुप कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा आइपुगेका दाहालले चुनावमा खटेर नयाँ सन्देश स्थापित गर्न कार्यकर्तासँग अनुरोध गरेका छन्। ‘निर्वाचन सम्पन्न भएर परिणाम ननिस्किने बेलासम्म तपाईंहरु एक ढिक्का भएर, रातदिन खटेर नेपाल कम्युनिष्ट पार्टी अझ बढी लोकप्रिय भएर अगाडि बढेको छ भन्ने शक्तिशाली सन्देश सहित हामी अगाडि बढ्ने छौं, ’ कार्यकर्तालाई निर्देशित गर्दै उनले भने।

साथै उनले उम्मेदवार विद्या भट्टराईलाई विजयको शुभकामना दिए। बागलुङ २ (ख) मा उम्मेदवारी दिएका नेकपाका बागी उम्मेदवार शेरमान घर्ती मगरलाई १/२ दिनमै फिर्ता बोलाउने उनले बताए।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width