नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले उपनिर्वाचनको टिकट वितरणपछि कास्कीमा गुटबन्दी सकिएको बताएका छन्। निकै चर्को रस्साकस्सीपछि बुधबार मात्रै काँग्रेसले आफ्नो उम्मेदवार टुंग्याएको थियो। पुराना नेता खेमराज पौडेल कास्कीको उपनिर्वाचनमा उम्मेदवार बनेका छन्। पौडेललाई टिकट दिएपछि पार्टीले निकै राम्रो निर्णय गरेकोमा चौतर्फी प्रशंसा पाएको उनले सुनाए। ‘सबैले राम्रो निर्णय भनेका छन्। आधारातमा पनि फोन बजेको छ। पार्टीको बैठकमा पनि खेमराजजी को नाम आएपछि कोही बोल्न सकेनन्, ’ उनले भने, ‘हामीसँग यस्ता धेरै उम्मेदवारहरु स्टकमा हुनुहुन्छ। पार्टीलाई चाहिएका बेला निकाल्न सक्छौं। यो उपनिर्वाचन काँग्रेसले नै जित्छ। ’
मनोनयन दर्ता कार्यक्रममा सहभागी हुन पोखरा आएका निधिले चुनावी सभालाई सम्बोधन गर्दै चुनाव जित्नको लागि केन्द्रीय समितितर्फबाट सबैलाई एक ढिक्का भएर खट्न आग्रह गरे। मत आएन भने जुलुस जत्रो भए पनि त्यसको खासै अर्थ छैन। ‘११ वटा वडामा तपाईसँग रहेको २०–२२ दिनमा मतदाताहरुलाई आफ्नो पार्टीको रुख छापतिर आकर्षित गराउनुहुन्छ, रुखमा मतदान गर्ने अवस्था ल्याउनुहुन्छ, त्यो नै सबैभन्दा ठूलो काम हो, ’ उनी भन्छन्, ‘सबै एकजुट भएर लाग्नुहोस्। चुनाव जित्ने सन्देश लिएर म काठमाडौं जान्छु। ’ अघिल्लो पटक स्व. रवीन्द्र अधिकारीले काँग्रेसकै भोट ल्याएर चुनाव जितेको भन्दै उनले यसपालि काँग्रेसजतिले रुखभन्दा अन्त मतदान नगर्ने बताएका छन्।
‘रवीन्द्रजीले भेट हुँदा मसँगै भन्नुभएको छ कि ‘विमल दाइ तपाईंहरुकै भोटले मैले चुनाव जितेको हुँ। ’ यदि यो साँचो हो भने सबैले प्रशंसा गर्नुभएको छ, रुखमात्रै होइन मुख पनि राम्रो छ भन्नुभएको छ, ’ उनले अघि भने, ‘यसबाट हामी सबै विश्वस्त हुन्छौं। सबै देशबासीले कास्की हेरिरहेका छन्। सबैले यसपालि यो आशा गरेका छन्, हामीले पनि अब यो विशाल सभा, कास्कीको प्रतिबद्धताबाट, विश्वासपूर्वक सन्देश लिएर जान चाहन्छु। ’
देशभरीमा एउटा मात्रै प्रतिनिधिसभाको उपनिर्वाचन हुन लागेकोले विश्वकै ध्यान यतातिर केन्द्रित भएको बताए। सभालाई पूर्व सभामुख तारानाथ रानाभाट, केन्द्रीय सदस्य जीवन परियार, पूर्व मन्त्री यज्ञबहादुर थापा, जिल्ला सभापति कृष्ण केसी, आमन्त्रित केन्द्रीय सदस्य तथा प्रदेश सांसद कुमार खड्का, विन्दुकुमार थापा लगायतले सम्बोधन गरेका थिए।
Related News
सम्बन्धित समाचार
लुम्बिनीकाे मुख्यमन्त्री सपथमा एमाले संसदीय दलका नेता नै अनुपस्थित
बागमतीको मुख्यमन्त्रीमा लामा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण
सञ्चारमाध्यममा ३३ प्रतिशत पत्रकार महिलाको सहभागितामा जोड
ओलीलाई संसदमा दुईतिहाइको विश्वास
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१