भैरव प्राविका विद्यार्थीलाई न्यानो कपडा

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७६
News Nanyo kapada Palpa_Fotor

पशुपति अन्नपूर्ण आश्रम, दरबारमार्ग काठमाडौंले विद्यार्थीलाई न्यानो कपडा सहयोग लिएर पाल्पा आएको छ।

आश्रमले भैरव प्राथमिक विद्यालय बन्दीपोखरा–५, बाँझा पाल्पाका कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीका लागि न्यानो लुगा (ज्याकेट) लिएर बुधवार पाल्पा आएको हो।

विद्यालयको निवेदन बमोजिम आश्रमले विद्यालयका सबै विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको प्रधानाध्यापक भावना खनालले जानकारी दिइन्।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन गोदार र विद्यालयका प्रअ खनालले आश्रमको सहयोगप्रति आभार व्यक्त गरिन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गोदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि श्रीकृष्ण न्यौपाने, सिद्धि विनायक एकेडेमी पाल्पाकी प्रिन्सिपल मञ्जु ज्ञवाली, पशुपति अन्नपूर्ण आश्रम नेपाल राष्ट्रिय समिति प्रदेश ३ उपप्रमुख श्रीकृष्ण न्यौपाने, पशुपति अन्नपूर्ण आश्रम अन्तराष्ट्रिय समितिका उपाध्यक्ष महेश्वरी कुँवर लगायतले मन्तव्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width