२०७५ भदौ मसान्तमा १२५६.५ विन्दुमा रहेको नेप्से सूचकाङ्क २०७६ भदौ मसान्तमा ८.४ प्रतिशतले ह्रास भई ११५०.७ कायम भएको तथ्यांक नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको छ।
बैंकले जारी गरेको चालू आर्थिक वर्षको दुईमहिने समीक्षा विवरणअन्तर्गत उल्लेखित सूचाकांक सार्वजनिक गरिएको हो। २०७६ असार मसान्तमा यस्तो सूचकाङ्क १२५९.० रहेको थियो। धितोपत्र बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा २.३ प्रतिशतले ह्रास भई २०७६ भदौ मसान्तमा १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ कायम भएको छ। २०७६ असार मसान्तमा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रहेको तथ्यांक छ। समीक्षा अवधिको अन्त्यसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीको संख्या २ सय १८ पुगेको छ। सूचीकृत कम्पनीमध्ये १ सय ५५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन्।
२०७५ भदौमा सूचीकृत कम्पनीको संख्या १ सय ९६ थियो। सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ७८.४ प्रतिशत रहेको छ। त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा ६.५ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ४.१ प्रतिशत, होटलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.१ प्रतिशत तथा अन्य समूहका कम्पनीको हिस्सा ९.१ प्रतिशत रहेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७६ भदौ मसान्तमा सूचीकृत ४ अर्ब ३७ करोड शेयरको चुक्ता मूल्य ४ खर्ब २८ अर्ब ५० करोड रुपैयाँ रहेको छ।
आर्थिक वर्ष २०७६/७७ को २ महिनामा २० अर्ब ९४ करोड बराबरको साधारण शेयर, ४ अर्ब ४८ करोड बराबरको बोनस शेयर, १ अर्ब ४५ करोड बराबरको हकप्रद शेयर ३५ करोड बराबरको डिवेञ्चर र १ अर्ब १४ करोड बराबरको अन्य गरी कुल २८ अर्ब ३६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ। उक्त अवधिमा नेपाल धितोपत्र बोर्डले १ अर्ब ८० करोड बराबरको डिवेञ्चर निष्कासनको अनुमति प्रदान गरेको छ।
यसैबीच, साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक तल झरेको छ। बिहीवारको बजारमा नेप्से परिसूचक ६ दशमलव शून्य ५ अंक घटेर १ हजार १३१ दशमलव ९७ विन्दुमा बन्द भएको हो। गत लामो समयदेखि घट्दो अवस्थामा रहेको बजारलाई बिहीवारले पनि निरन्तरता दिएको छ।
१ हजार १३८ दशमलव २८ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको पहिलो आधा घण्टाको अवधिसम्म बढेर १ हजार १३९ को विन्दुसम्म पुगेको थियो। सो विन्दु पश्चात बजार निरन्तर घट्दो क्रममा गएको हो। गत कारोबार दिनको तुलनामा नेप्से परिसूचक शून्य दशमलव ५३ प्रतिशत घटेको हो।
बिहीवार ३७ करोड ४१ लाख बराबरको शेयर कारोबार भएको छ। यो अघिल्लो कारोबार दिनको तुलनामा ८१ दशमलव ४० प्रतिशत बढेको हो। गत कारोबार दिन बुधवार २० करोड ६२ लाख रकम बराबरको कारोबार हुन पुगेको थियो।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
निर्माण व्यवसायीले बुझाए ज्ञापन
सुलभको बम्पर उपहारमा राहुललाई स्कुटर
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
hero news full width
मुख्य समाचार
पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१