प्रदेश प्रमुख बर्खास्ती निर्वाचन आचार संहितामा नपर्ने- प्रचण्ड

आदर्श समाज सम्वाददाता
कार्तिक २१, २०७६
p 2

पोखरा, २१ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश प्रमुखको बर्खास्ती र नयाँ नियुक्त निर्वाचन आचारसंहिता भित्र नपर्ने बताएका छन् ।

नेकपा प्रचारप्रसार उपसमिति परिचालन कमिटी कास्की २ द्वारा विहीवार पोखरामा अयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले भने–सरकार परिवर्तन संगै प्रदेश प्रमुखले राजीनामा दिनु पर्ने थियो तर दुई वर्ष वितिसक्दा पनि उनीहरुले पदबाट राजीनामा नदिएपछि हटाउन बाध्य भएका हौ ।

प्रदेश प्रमुखहरुको राजनीतिक संस्कार भएको भए पहिले नै राजीनामा दिएर बाटो खुला गर्नुपर्ने थियो तर उनीहरुले राजनीमा दिन्छन कि भनेर कुरेर पनि वस्यौ, राजीनामा दिएनन् र उनीहरुलाई हटाउन वाध्य भयौ ।

लिपुलेकका बारेमा सरकारले विज्ञप्ति निकालेर विरोध गरेको छ, नेपालको एक इन्च जमिन मिच्न दिदैनौ, कालापानी पनि सीमा भित्र पारेपछि त्यो मान्य छैन्, त्यसप्रति गम्भीर आपत्ति छ, सीमाका सुरक्षाका बारेमा सिंङ्गो राष्ट्र एकढिक्का हुन जरुरी छ ।

प्रतिनिधि सभा अन्तरगत कास्की निर्वाचन क्षेत्र नं २ पार्टीले महत्वपूर्ण रुपमा हेरेको छ, कास्की २ को उम्मेदवार निरविकल्व भएकाले पार्टीको सम्पूर्ण शक्ति मिलेर विद्या भट्टराईलाई निर्वाचित गराउन अध्यक्ष प्रचण्डले आग्रह गरे ।

लोकतान्त्रिक पद्धति अनुसर भएको निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्ने दाहित्व राजनीतिक पार्टी, निर्वाचन आयोग र सरकारको हो, उनले भने–निर्वाचनलाई लोकतान्त्रिक आयामको रुपमा विकास गर्न जररी छ ।

आम नागरिकको चाहना आर्थिक विकास र समृद्धि नै हो, त्यसलाई सफल पार्न सरकार इमादारपूर्वक सफल पार्न जरुरी छ, उनले भने–आर्थिक समृद्धि र विकासको लागि नयाँ खुडकिलो चढ्नै पर्छ । आर्थिक सम्वृद्धि र विकासका लागि अन्य दलको साथ र सहयोग पनि आवश्यक हुने भनाई उनको थियो ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width