नेपाली काँग्रेसले खेमराज पौडेल उम्मेदवार बनाउने

आदर्श समाज सम्वाददाता
कार्तिक २०, २०७६
Khemraj-paudel-kaski-congress_PXHn2LSeM1

पोखरा,२० कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेसले पुराना नेता खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली काँग्रेस केन्द्रीय समितिको बुधवार सम्पन्न बैठकले पौडेललाई कास्की निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । औपचारिक रुपमा साँझ पाँच बजे उम्मेदवार घोषणा गरिने बताइएको छ । उनी  पुम्दीभुम्दी निवासी हुन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । उम्मेदवार घोषणासँगै अब कास्कीमा निर्वाचनको चहल पहल वढेको छ ।

कास्कीकै उपनिर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । त्यस्तै साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारी, समाजवादी पार्टीले ई धर्मराज गुरुङ, विवेकशीलले जमुना शर्मालाई उम्मेदवार बनाएको छ । त्यसैगरी अन्य दलले पनि आफ्ना उम्मेदबार चयन भएका छन् ।

पोखरा महानगरअन्तर्गत ११ वडा यस निर्वाचन क्षेत्रमा पर्ने भएकाले प्रत्येक वडामा दुई/दुईका दरले मतदाता स्वयंसेविका परिचालन गरिने बताइएको छ । मतदाता स्वयंसेवी छनोट प्रक्रिया बढिसकेको र उनीहरूलाई आवश्यक तालिम दिएर मङ्सिरको पहिलो साता सम्बन्धित वडामा पठाइसकिने निर्वाचन कार्यालयले जनाएको छ ।कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा कूल मतदाता ७१ हजार ८७१ छन् ।

Related News

सम्बन्धित समाचार

  • रेवान पोखरामा विश्वराज

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान), पोखरामा विश्वराज पौडेल निर्वाचित भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको ३० औं…
  • कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिबाट बैंक तथा वित्तीय…
  • गायक तथा गीतकार एलपी जोशी रहेनन्

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा…
  • आज मौद्रिक नीति सार्वजनिक हुँदै

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    पोखरा । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । यसका लागि राष्ट्र बैंकले…
  • पोखराको गन्नीलाई रनिङ सिल्ड

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    लमजुङ । पोखराको गन्नी फुटबल क्लबले लमजुङमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ११ औं विष्णुबहादुर गुरुङ एण्ड मन्जाबहादुर…

hero news full width